१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

श्रावणी विशेष पुजा समापन



बुटवल । एक महिनासम्म जलापर्ण र विशेष पुजा गरि मनाउने श्रावणी विशेष पर्व सोमबार सम्पन्न भएको छ । रुपन्देहीको नयाँगाउ स्थित स्वामीनारायण मुक्तिनाथ धाममा सञ्चालन गरिएको श्रावणी विशेष पुजा हरिद्घारबाट योगगुरु रामदेवका सान्ध्वी सन्त देवादितीको आतिथ्यतामा विशेष आरतीपुजा गरि समापन गरिएको हो । साउनको पहिलो सोमबारदेखि शुरु भएको पुजा पाचौ सोमबार समापन भएको हो ।

सोमबार बिहानैदेखि शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लागेको थियो । नयाँगाउस्थित मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्द, सान्ध्वी सन्त देवादितीसहित विशिष्ट ब्यक्तिहरुबाट आरती गरिएको थियो ।

परम्परा, संस्कृति तथा सानतन धर्मको रक्षार्थ श्रावणी पुजा सञ्चालन गरिएको स्वामी लोकानन्दले बताए ।

समापन समहारोहलाई सम्बोधन गर्दै धार्मिक सेवाका लागि आफु नेपाल आएको सान्ध्वी सन्त देवीले बताईन् । आयुर्वेदिक उपचार पद्दती, खानपान र रहनसहनबाट मानव स्वस्थ्यमा सहजता ल्याउने रुपमा सहयोगको काम गर्दै आएको जनाउँदै उनले संस्कृत अध्ययन गर्ने भाइबैनीहरुलाई लक्षित गरि स्याङ्जाका वेद विश्वविद्यालय गुरुकुल बनाउने संकल्प सहित यसपटक नेपाल आएको भन्दै जानकारी दिईन् ।

यसैगरि नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालसहितको टिमले स्वामीसंग नुवाकोट विकासमा बारेमा छलफल गरेका छन् । सो अवसरमा पिठाधिस स्वामी लोकानन्दले नुवाकोट तिरुपति बाबा धाम विकास समिति नामाकरण गर्न सुझाव दिदै यसबाट नेपालमात्र नभई हिन्दु धर्मालम्बीहरुको आगमन हुने दाबी गरे । कोभिड संक्रमणका कारण दुईवर्षसम्म चहलपहल नभएको भएपनि यसवर्ष शिवमन्दिरहरुमा दर्शानार्थीहरुको भिड लागेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  ६ : १८ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म