२४ श्रावण २०८३, आइतबार | August 9, 2026

मनाङमा १ बर्षमा ४९ वटा नयाँ उद्योग थपिए,सबैभन्दा बढी कृषि र बनपैदावर



लमजुङ । हिमाली जिल्ला मनाङमा एक वर्षमा ४९ वटा नयाँ उद्योग थपिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मनाङका अनुसार ०७८ साउन देखि ०७९ असार सम्मको अवधिमा विभिन्न प्रकृतिका ४९ उद्योग थपिएका हुन् ।

मनाङमा सवै भन्दा धेरै कृषि तथा वनपैदावर उद्योग दर्ता भएको घरेलु कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले बताए । उनका अनुसार गत आर्थिक वर्षमा कृषि तथा वनपैदावर उद्योग ३१ वटा, पर्यटन उद्योग १७ वटा र एक सेवा मूलक उद्योग थपिएका छन् । दर्ता उद्योगमा ३६ वटा प्राईभेट र १३ वटा साझेदारी फर्म रहेको कार्यालयले जनाएको छ ।

गत वर्ष जिल्लामा ५२ उद्योग नविकरण भएको छ भने पाँच उद्योगको नामसारी, ६ वटा उद्योगको पूँजी वृद्धि, तीनवटाको नाम परिवर्तन र दुई उद्योगको लगतकट्टा गरिएको कार्यलय प्रमुख पौडेलले बताए ।

यसैगरी वाणिज्य तर्फ ५ वटा पाँच वटा नयाँ फर्म दर्ता भएका छन् भने सात वाणिज्य फर्म नविकरण भएको छ । कार्यालयले गत वर्ष ४५ जनालाई उद्यमशिलता विकास तालिम र ६७ जनालाई सिपविकास तालिम दिएको छ ।

कार्यालयले पर्यटन प्रर्वद्धनका लागि पदमार्ग, पार्क लगायतका पर्यटकिय संरचना समेत निमार्ण गरिएको घरेलु कार्यालय मनाङले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ८ : ३६ बजे

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु

हरेक वर्ष कोशीको बाढी र कटानको दोहोरो त्रासमा चिलिया टापु

सुनसरी । “हामी यहाँ बसाइँ सरी आएको समयमा कोशी नदी

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म हुने

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

उन्नाइसौँ पुस्तकालय दिवस भदौ १५ गते

काठमाडौं । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न