१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रतिनिधिसभा बैठक जारी, नागरिकता विधेयक आजै पारित हुँदै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित हुने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा विधेयकका विषयमा छलफल भएपनि कुनै सहमति हुन सकेन । यद्यपी, आजै पारित गर्नेगरी संसद सचिवालयले कार्यसूची बनाएको छ । प्रतिनिधिसभाको बैठक अहिले बसिरहेको छ ।

बैठकमा सत्तारुढ दलका प्रतिनिधिले तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा राखेका थिए । प्रमुख प्रतिपक्ष एमालेले भने थप छलफल गरी संशोधन गर्नुपर्ने माग गरेको थियो । एमालेले विधेयकका विषयमा छलफल गर्न सर्वदलीय बैठकको माग समेत गरेको थियो ।

सहमति नभएपछि सभामुख सापकोटा र उपसभामुख पुष्पा भुसालले कानुनअनुसार अगाडि बढ्ने बताएका थिए ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  १२ : ०४ बजे

सिन्धुलीको कमलामाई क्षेत्रमा कर्फ्यू जारी, सुरक्षा अवस्था तनावग्रस्त

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा उत्पन्न

बालेनले राजनीतिक भेटघाट तीव्र पारे, वैकल्पिक शक्तिसँग दिनभर छलफलपछि ज्वागलबाट बाहिरिए

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ आफ्ना सहयोगी

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र