२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

संघीयता खारेजको मागबाट पछि हटे रवि लामिछाने



काठमाडौं । संघीयता खारेजको माग सहित प्रदेश निर्वाचन बहिस्कारको घोषणा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीयता खारेजको मागबाट पछि हटेका छन् । उनले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको समेत बताएका छन् ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले आफुहरुले सुधारको माग मात्र गरेको बताए ।

‘हामीले प्रदेश सभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन् । यद्यपि केही समस्या पनि देखिएका छन् । तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं । त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं ।’

आवेशगमा आएर संघीयताको विपक्षमा जेहाद छेडेका रविलाई युरोपियनहरुको दवाव आएपछि संघीयताको चर्को विरोधबाट उनी पछि हटेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : २ भदौ २०७९, बिहिबार  ५ : ०९ बजे

टेक्सासमा बाढीपीडित नेपालीको सहयोगार्थ सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुँदै

टेक्सास । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ अमेरिकाको

आज गणेशमान सिंहको २९ औँ स्मृति दिवस

काठमाडौं । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

भोटेकोशी बाढी : बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

कास्की । भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको