१७ माघ २०८२, शनिबार | January 31, 2026

राष्ट्रपति भण्डारीद्वारा पाटनको कृष्ण मन्दिर दर्शन



ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनको कृष्ण मन्दिर दर्शन गरेकी छिन । आज भाद्र कृष्ण अष्टमी अर्थात ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वका अवसरमा उनले पाटनको कृष्ण मन्दिर आएर जल तथा प्रसाद ग्रहण गरिन ।

मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायले भण्डारीलाई मन्दिरको जलले अभिषेक गरी प्रसाद प्रदान गरेका थिए । साथै पुजारी टोलीले उनलाई अन्य बाँकी प्रसादसमेत प्रदान गरेका थिए ।

राष्ट्रपति भण्डारीले कृष्णको दर्शन र आरधनासँगै पाटनमा रहेको मङ्गहिटीसमेतको बारेमा जानकारी लिएकी थिइन ।

सोही क्रममा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आफूहरुले नेपाल सरकारसँग एक रुपैयाँ नलिई कृष्ण मन्दिर नजिकै रहेको व्यापारीको आराध्यदेव भीमसेन मन्दिर पुनर्निर्माण गरेको जानकारी गराए ।

सो कुरा सुनेसँगै भण्डारीले आफू छिट्टै पाटन दरबार आएर भीमसेन मन्दिरको अवलोकन गर्ने वचनबद्धता व्यक्त गरेको महानगरपालिकाका प्रमुख महर्जनले बताए ।

सो अवसरमा ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सांसद नवराज सिलवाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, महानगपालिकाका वडाध्यक्ष, मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधान, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले राष्ट्रपति भण्डारीको स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीले आज करिब पाँच मिनेट समय पाटन कृष्ण मन्दिर परिसरमा बिताएकी थिइन ।

 

प्रकाशित मिति : ३ भदौ २०७९, शुक्रबार  ६ : ४७ बजे

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

इक्यान रुपन्देहीद्वारा केन्द्रीय समितिको नव निर्वाचित नेतृत्व सम्मान

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले इक्यान केन्द्रीय

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा खेलकुद पत्रकारिता र फोटो पत्रकारिता पुरस्कार स्थापना

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले पत्रकारिताको विविध विधामा

‘आलु बिक्री गर्न बजारको समस्या छैन’

रामेछाप । सुनकोशी गाँउपालिका-३ स्थित झाङङ्गाझोली, बोहोरेटार र गणेश स्थान