१६ बैशाख २०८१, आइतबार | April 28, 2024

मकवानपुरका दुई उद्योगमा सिलबन्दी



हेटौँडा । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित दुई उद्योगमा जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सिलबन्दी गरेको छ ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालिमा सिलबन्दी गरेको हो ।

मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउने किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ ।

अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानूनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको र भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानूनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने प्रशासनले जनाएको छ ।

भ्याली फिडको १३ हजार केजीको नौ लाख २३ हजार मूल्य बराबरको दुई सय ६० बोरा दाना बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ । साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ८ : ४५ बजे

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन तथा साधारणसभा सकियो

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको १२ औ अधिवेशन तथा

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ ।