२७ मंसिर २०८२, शनिबार | December 13, 2025

पोखरामा हुने अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि १ हजार खेलाडीले नाम दर्ता गरे



पोखरा । पोखरामा यही असोज ६ गतेदेखि ९ गतेसम्म माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुँदै छ ।

हालसम्म १ हजार भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका आयोजकले जनाएको छ । प्रतियोगितामा क्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सय भन्दा बढीले आफ्नो नाम टिपाएका गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगन बहादुर गुरुङले जानकारी दिए ।

दक्षिण एशियामा नै पहिलो पटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामा १ दर्जनभन्दा बढी देशका खेलाडीले सहभागिको दर्ता गराइसकेको उनले बताए ।

‘१ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं । यसले कोभिडका कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई उकास्न टेवा पुग्छ,’ उनले भने, ‘जतिसक्दो धेरै खेलाडी सहभागी गराउने प्रयास गरेका छौं ।’

प्रतियोगितामा विश्वभरीका खेलाडी, निर्णायक तथा प्रशिक्षक, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीसहित २ हजार भन्दा बढीको उपस्थिति रहने बताइएको छ । सोही प्रतियोगिता यसअघि काठमाडौंमा आयोजना गरिएको थियो । कोभिडका कारण लगातार २ वर्ष प्रतियोगिता हुन सकेन ।

प्रतियोगितामा सिनियर र जुनियरतर्फको क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथी एकल, जोडी र समुहमा प्रतिष्पर्धा हुने आयोजक समितिका सदस्य एवम् ओलम्पियन दिपक विष्टले जानकारी दिए ।

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवद्र्धन गर्न प्रतियोगिता स्विकृती प्रदान गरेको आयोजकले जनाएको छ । प्रतियोगिता पूरा गर्न २ करोड ५५ लाख खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : ७ भदौ २०७९, मंगलबार  १० : ०० बजे

खजुरामा अन्तर विद्यालय मेयर रनिङ शिल्ड : नतिजा आउन सुरु

खजुरा । बाँकेको खजुरामा जारी आठौं अन्तर विद्यालय मेयर रनिङ

माछापुच्छ्रे बैंक पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएफ)मा सहभागी

काठमाडौं । माछापुच्छ्रे बैंकले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास उत्सर्जनको

निर्वाचनपछि नेपालमा किसान, गोठाला र खेतालाको सरकार बन्नेछ : अध्यक्ष साम्पाङ

खोटाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले अबको निर्वाचनपछि

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि

काठमाडौँ । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको

११ औ महाधिवेशनमा एमाले अध्यक्षले के के भने ? (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनिर्वाचित सत्ता