१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

बाँकेको खजुरामा बिद्यालयको छत खसेर ५ बढी बिद्यार्थी घाइते



खजुरा । बांकेको खजुरा गाउँपालिका ६ सिमलघारी शान्तिनगरमा रहेको जनकल्याण माबी खजुरामा बिद्यालयको छत खसेर बिद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरु परिक्षामा बसिरहेकै अवस्थामा छत खसेर विद्यार्थी घाइते भएको बताइएको छ । स्थानीय धनबहादुर केसीले सामाजिक सञ्जालमा फोटो राखेर छत खसेर बिद्यार्थी घाइते भएको जनाएका छन् । उनले केही बिद्यार्थीलाई चोट लागेको बताएपनि घाइते बिद्यार्थीका विषयमा भने विवरण दिएका छैनन् ।

बिद्यार्थी घाइते भएको सम्बन्धमा खजुरा गाँउपालिका शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले आफुलेपनि सामाजिक सञ्जालबाट छत खसेको जानकारी पाएको बताए । उनले छत खस्ने अवस्था बारे बिद्यालयका प्रअ र व्यवस्थापन समितिबाट शाखालाई कुनै जानकारी नआएको बताउँदै नयाँ भवनका लागि बजेट पार्न दवाव दिन छत खसेको हल्ला चलाइएको हुन सक्ने बताए ।

विद्यालयका प्रधानाध्यापक दानबहादुर बीसीले भने शिक्षा शाखालाई जानकारी गराइएको दाबी गरेका छन् । उनले छतबाट ढलानका टुक्राहरु खसेर कम्तीमा ५ जना बिद्यार्थी घाइते भएको बताए । २ जनाको खुट्टामा र ३(४ जनाको शरिरका बिभिन्न भागमा ढलानका टुक्रा खसेको उनले बताए ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ४ : ०० बजे

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ

एआईमा आधारित कल सेन्टर सुरु, एकैपटक १५ जनाले सम्पर्क गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एकैपटक १५ जनासँग सम्पर्क गर्न सकिने

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली चलचित्र ‘लालीबजार’ को मुद्दामा अन्तरिम

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कोषाध्यक्षमा केन्द्रीय सदस्य उमेश

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति