८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँकेको खजुरामा बिद्यालयको छत खसेर ५ बढी बिद्यार्थी घाइते



खजुरा । बांकेको खजुरा गाउँपालिका ६ सिमलघारी शान्तिनगरमा रहेको जनकल्याण माबी खजुरामा बिद्यालयको छत खसेर बिद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरु परिक्षामा बसिरहेकै अवस्थामा छत खसेर विद्यार्थी घाइते भएको बताइएको छ । स्थानीय धनबहादुर केसीले सामाजिक सञ्जालमा फोटो राखेर छत खसेर बिद्यार्थी घाइते भएको जनाएका छन् । उनले केही बिद्यार्थीलाई चोट लागेको बताएपनि घाइते बिद्यार्थीका विषयमा भने विवरण दिएका छैनन् ।

बिद्यार्थी घाइते भएको सम्बन्धमा खजुरा गाँउपालिका शिक्षा शाखाले भने अनविज्ञता प्रकट गरेको छ । शिक्षा शाखा प्रमुख खगेन्द्र मल्लले आफुलेपनि सामाजिक सञ्जालबाट छत खसेको जानकारी पाएको बताए । उनले छत खस्ने अवस्था बारे बिद्यालयका प्रअ र व्यवस्थापन समितिबाट शाखालाई कुनै जानकारी नआएको बताउँदै नयाँ भवनका लागि बजेट पार्न दवाव दिन छत खसेको हल्ला चलाइएको हुन सक्ने बताए ।

विद्यालयका प्रधानाध्यापक दानबहादुर बीसीले भने शिक्षा शाखालाई जानकारी गराइएको दाबी गरेका छन् । उनले छतबाट ढलानका टुक्राहरु खसेर कम्तीमा ५ जना बिद्यार्थी घाइते भएको बताए । २ जनाको खुट्टामा र ३(४ जनाको शरिरका बिभिन्न भागमा ढलानका टुक्रा खसेको उनले बताए ।

प्रकाशित मिति : ९ भदौ २०७९, बिहिबार  ४ : ०० बजे

राष्ट्रपतिको समन्वयमा प्रधानमन्त्री र तीन प्रमुख दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समन्वयमा प्रधानमन्त्री सुशीला कार्की र

कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत

शीतलहरसहित अत्याधिक चिसो बढेपछि नेपालगन्ज र खजुराका विद्यालयमा सार्वजनिक बिदा

नेपालगन्ज । शीतलहरसँगै अत्याधिक चिसो बढेपछि बाँकेको खजुरा गाउँपालिकाले पालिका

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौं । पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक

चिनियाँ राजदूतले गरे राष्ट्रपतिसँग बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन