२२ मंसिर २०८२, सोमबार | December 8, 2025

एआइजी धानुकले गरे काठमाडौं उपत्यकाका प्रहरी प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता



काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक धानुकबीच गत २५ साउनमा वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरतबहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच हस्ताक्षर भएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू अक्षरंस पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवं नियमित, अनुगमन र सुपरीवेक्षण गर्नसमेत आग्रह गरे । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धिमूलक हुने विश्वास धानुकले व्यक्त गरे ।

प्रकाशित मिति : १२ भदौ २०७९, आइतबार  १ : ५७ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब