२० बैशाख २०८१, बिहिबार | May 2, 2024

कोरोना उपचारका लागि ग्लोबल आइएमई बैकले दियो प्रदेश ५ सरकारलाई २५ लाख



काठमाडौं। कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा नागरिक स्तरबाट सहयोग आउने क्रम जारी रहेको छ ।

प्रदेश नम्बर ५ सरकारले गठन गरेको कोषमा बुधबार ग्लोबल आइएमई बैंकले राहत रकम जम्मा गरेको छ । बैकले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानका लागि भन्दै २५ लाख रुपैयाँ सहयोग गरेको हो ।

बुधबार मुख्यमन्त्री कार्यालयमा पुगेर बैंकको प्रदेश नं. ५का नायव प्रदेश प्रमुख दिलिप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई २५ लाख रकमको चेक हस्तान्तरण गर्नुभएको थियो।

त्यसअवसरमा मुख्यमन्त्री पोखरेलले कोरोना भाईरस (कोभिड –१९) विरुद्धको अभियानमा बैंकले गरेको सहयोग महत्वपूर्ण रहने बताउनुभयो । उहाँले सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो ।

ग्लोबल आईएमई बैंकले यसअघि पनि पटकपटक सरकारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ८ : १९ बजे

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई