२५ श्रावण २०८३, सोमबार | August 10, 2026

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु



काठमाडौं । मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग।२२ प ६१३ नम्बरको मोटरसाइकल ना।४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया श्रृजना विक रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा।६० प ५२४३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका–१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रोकी राखेको ना।७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३–००४ प ५३७८ नम्बरको मोटरसाइकल सोमबार विहान ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गोरकट्टास्थित सडकमा लु।१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खराल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

उक्त मोटरसाइकल लु।२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठोक्किई अनियन्त्रित हुँदा लु।१ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : १८ बजे

प्रचारप्रसार र पूर्वाधार निर्माण अभावमा ओझेलमा परेको सदियौं पूरानो गोङ्गी मन्दिर

नेपालगन्ज । बाँके जिल्लाको जानकी गाउँपालिका–३ स्थित गोङ्गी मन्दिर आवश्यक

प्रधानमन्त्री शाह र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि जनवादी गणतन्त्र चीनका

ट्रमा सेन्टर ढल्केबरमै बन्छ, लहानमा ट्रमा युनिट : स्वास्थ्यमन्त्री

काठमाडौं । धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान

रासायनिक मल आपूर्तिलाई चुस्त बनाउन सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले मुलुकका विभिन्न भागमा बाढीपहिरोबाट जनधनको क्षति भएको

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह