८ असार २०८३, सोमबार | June 22, 2026

नागरिकता विधेयकमाथिको छलफलबाट एमाले बाहिरियो, बुधबार पारित गर्ने तयारी



काठमाडौं, १३ भदौ । नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकबाट एमाले बाहिरिएको हो ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएको उक्त विधेयकका विषयमा संशोधनको आवश्यकता औँल्याउँदै सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा फिर्ता पठाएकी थिइन् । तत् पश्चात बसेको प्रतिनिधिसभा बैठकले पुनः विनासंशोधन जस्तोको तस्तै पारित गरि राष्ट्रिय सभामा पठाएको छ ।

राष्ट्रिय सभाले थप छलफल र पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा आइतबार सो विधेयक पठाएको छ । यसपछि सोमबार बसेको विधायन समितिमा सो विधेयकमाथि छलफल भएको छ । उक्त छलफल नै छाडेर एमाले बाहिरिएको हो । यद्यपि, एमालेले बैठक भने बहिस्कार नगरेको जनाएको छ ।

बैठक चलिरहँदा बाहिर अर्को बैठकमा सहभागी हुनुपर्ने भन्दै एमाले सांसद बाहिरिएका हुन् ।

एमाले सांसदहरु बाहिरिएपछि बैठक १६ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ । आगामी बुधबार बस्ने बैठकले सो विधेयक पारित गर्ने समितिको तयारी छ ।

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  ४ : १५ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर बाघ व्यवस्थापनको तयारी गर्दै सरकार

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवन राष्ट्रिय

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश