२० बैशाख २०८३, आइतबार | May 3, 2026

निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय



बारा । सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्धाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् ।

जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो ।

सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरुले मालपोत र नापी कार्यालय सदरमुकाम बाहिर लैजान नदिने भन्दै आन्दोलन सुरु भएपछि सिम्रौनगढमा कार्यलय स्थापना गर्ने मन्त्रिपषिदको निर्णय कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदको सोही मितिको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरिएको थियो ।

‘सिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले मन्त्रिपरिषदको निर्णय कार्यान्वयको माग गर्दै आएका थिए । लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौं,’ स्थानीय समाजसेबी रामेश्वरप्रसाद यादवले भने, ‘सरकारले बल्ल जनताको आवाज सुनेको छ । उहाँले कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धि कामले २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’

कार्यालयको उद्धाटन भएपछि स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उनको भनाइ छ ।

कार्यालय उद्धाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्याउने उद्देश्यले कार्यलय संचालन ल्याइएको बताइन् ।

उनले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न यसअघि कसैले पनि चासो नदेखाएको अवस्थामा आफूले सिम्रौनगढमा कार्यालय संचालन गर्न पहल गरेको बताइन् ।

कार्याक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संघीयताको मर्मअनुरुप सिम्रौनगढमा मालपोत कार्यालयको सेवा सुरु गरिएको बताइन् । उनले सिम्रौनगढमा मालपोत कार्यालयको कार्यालय भवन निर्माण गरेर नमूना एकीकृत सेवा सुरु गर्न मन्त्रालय तयार रहेको पनि बताइन्उ । तपाईंहरु भवनको लागि जमिन उपलब्ध गराउनुहोस्, सचिव थपलियाले भने, ‘मन्त्रालय सुविधा सम्पन्न कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्न तयार छ ।’

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले सिम्रौनगढ मालपोत कार्यालयमा भूमि व्यवस्थापन सूचना प्रणालीको काम पूरा भएको र केही दिनभित्र सेवा सुरु गरिने जानकारी दिए । उनले जग्गाको श्रेस्तासहित अन्य पूर्वाधार निर्माणको लागि पनि विभागले कार्यालयलाई आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रमा संविधान सभा सदस्य गोपाल ठाकुर, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारलगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ७ : ०१ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता