८ बैशाख २०८३, मंगलबार | April 21, 2026

न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध



न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् ।

न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्न प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागू भएको छ ।

कानुन पारित भएसँगै बार, पुस्तकालय, विद्यालय, सरकारी भवन र अस्पताल लगायतका स्थानमा हतियार बोक्न निषेध गरिएको छ । प्रतिबन्धहरू कानून प्रवर्तन अधिकारीहरूमा भने लागू हुने छैन् ।

बन्दुकसँग सम्बन्धित आक्रमणका कारण अमेरिकामा वर्षेनी दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ । बन्दुकको पहुँचमा कडाई नहुँदा बन्दुकजन्य हिंसाका घटनामा वृद्धि भएको विज्ञहरुले बताउँदै आएका छन् ।

यसैबीच वासिङ्टनमा दुई जना विद्यार्थी साथीलाई गोली हानेर घाइते बनाएको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ८ : १७ बजे

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ

सिरहा कारागारमा आन्तरिक प्रशासन कब्जा गर्ने प्रयास, २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा । सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२

प्रधानमन्त्रीले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति