८ पुस २०८२, मंगलबार | December 23, 2025

बाँके क्षेत्र नम्बर ३ मा अधिकांस ‘टुरिष्ट’ नेताहरु उम्मेदवारमा सिफारिस



खजुरा । बाँके क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्ने प्रभावशाली स्थानीय उम्मेदवार नभेटिएपछि कांग्रेसले पार्टीका केन्द्रीय नेताहरुलाई ‘टुरिष्ट’ उम्मेदवार बनाउने गरि नाम सिफारिस गरिएको छ । नेपाली कांग्रेसको क्षेत्रिय समितिले स्थानीय आकाँक्षिहरुलाई उपेक्षा गर्दै पार्टीका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री किशोरसिंह राठौर र प्रधानमन्त्री पत्नी आरजु देउवा राणा सहितको नाम सिफारिस गरेको हो ।

गठबन्धनबाट क्षेत्र नम्बर ३ करिव करिव कांग्रेसको ‘पोल्टा’मा पर्ने निश्चित जस्तै भएपछि बाँके ३ बाट चुनाव लड्न केन्द्रीय नेताहरुले ईच्छा व्यक्त गरेको बताईएको छ । कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको लोप्रियताबाट त्रसित भएर आरजुले बाँके ३ मा आउन खोजेकी हुन सक्ने कांग्रेस स्रोतले दाबी गरेको छ । कांग्रेसकै सहमहामन्त्री राठौर बर्दियाबाट बाँके आउने चाहाना बमोजिम लामो समयदेखि बाँकै मै डेरा जमाएर बसेका छन् ।

क्षेत्रीय सभापति नक्की खाँका अनुसार, क्षेत्र नं. ३ बाट केन्द्रीय नेतासहित सबैलाई समेटेर सिफारिस गरिएको छ । प्रत्यक्षमा सिफारिस गरिएका अन्य नेताहरुमा बादशाह कुर्मी, आशा विक, मेघराज ओली, लक्ष्मीनारायण शाह, नक्की खाँ, देवबहादुर खत्री, उत्तमराज घिमिरे रहेका छन् । सिफारिस भएका अन्य नेताहरुमा पनि आशा बिक, बादशाह कुर्मी, नक्की खाँ र देवबहादुर खत्रीमात्र क्षेत्र नम्बर ३ का स्थायी बासिन्दा हुन् । मेघराज ओली र लक्ष्मीनारायण शाहले चुनावमा बाहेक अन्यसमयमा आफुलाई नेपालगन्जबासी भन्न रुचाउँछन् भने उत्तम घिमिरे स्थायरुपमा काठमाडौ बस्दै आएका छन् । उनी कहिलेकाहीं कारोबार हेर्न बाँकेको खजुरा आउने गर्दछन् ।

क्षेत्रिय समितिले समानुपातिकमा कृष्णमान श्रेष्ठ, कृष्ण विक रसाइली, हरिभक्त उप्रेती, गगनबहादुर विक, अनिता योगी, शेरबहादुर गुरुङ, अर्जुन पाण्डे, पुष्प विक र चक्रबहादुर मल्लको नाम सिफारिस गरेको छ ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १२ : ०६ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३