३० बैशाख २०८३, बुधबार | May 13, 2026

प्रदेश विश्वबिद्यालय स्थापना हुने स्थलको अवलोकन गर्न मुख्यमन्त्री केसी खजुरामा



खजुरा । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले बाँकेको खजुरामा प्रदेश प्रबिधिक विश्वबिद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकन गरेका छन् । खजुरा गाँउपालिकाबाट विश्वबिद्यालयका लागि प्रस्ताव भएको ११० बिगाहा जग्गाको अवलोकन गर्दै मुख्यमन्त्री केसीले छिट्टै विश्वबिद्यालय संचालनमा आउने बताए ।

उनले तत्कालका लागि सोही स्थानमा रहेको जनकशिक्षा सामाग्रीले छापाखानाका लागि बनाईएको भवनको पनि अवलोकन गरे । हाललाई बिश्वबिद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको सो भवन मरमत गरि कार्यालय संचालनमा ल्याईने उनले बताए । भवन मरमत नहुँदा सम्म डिभिजन बन कार्यालय नेपालगन्जमा अल्पकालका लागि कार्यालय खुल्ने जानकारी दिँदै यथासिघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउने पनि मुख्यमन्त्री केसीले बताए । ‘खजुरामा नै कार्यालय उदघाटन गर्ने मन थियो, तर मरमत गर्न समय लागेपछि नेपालगन्जमा कार्यालय खोल्नु प¥यो ।’ उनले भने । विश्वबिद्यालयको आजै अपरान्ह नेपालगन्जमा केन्द्रीय कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

विशेष अनुदानको रकमबाट भएपनि भवन मरमत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिएको नेकपा माओवादी केन्द्रका खजुरा गाँउ कमिटीका अध्यक्ष राजकुमार बिकले जानकारी दिए ।

विश्वबिद्यालयका लागि आवश्यक जग्गाको प्रक्रिया अन्तिम चरणमा पुगेको र छिट्टै संघीय मन्त्रिपरिषदबाट विश्वबिद्यालयको नाममा जग्गा प्राप्त हुने खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले बताए ।

अवलोकनमा लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेल, संबिधानसभाकी पूर्व उपाध्यक्ष पूर्णा सुबेदी लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ भदौ २०७९, आइतबार  १२ : ४६ बजे

संसदमा प्रधानमन्त्री बालेन्द्रको खोजी, रुलिङ गरेर बोलाउन प्रमुख प्रतिपक्षको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

मन्त्रिपरिषद् : कार्यविभाजन नियमावली २०८३ स्वीकृत, विद्युतीय सुशासन आयोग आदेश संशोधन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको

ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु, चालक घाइते

गोरखा । निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका-२ रातामाटेमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौ । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य