२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

पाकिस्तानी सेनाको चेतावनी,– नेपालसँग विवाद गर्ने भारतले पाकिस्तानमा आक्रमण गरे सखाफ पार्छौं



पाकिस्तानको सेनाले चीन र नेपालसँग बढेको सीमा विवादबाट ध्यान भड्काउन भारतले पाकिस्तानमाथि आक्रमण गरे कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

पाकिस्तानको जियो टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिकारले छिमेकीसँगको सम्बन्धमा अक्षमता ढाकछोप गर्न पाकिस्तानमाथि आक्रमण गरे भारत विरुद्ध कडा प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । प्रवक्ता इफ्तिकारले कुनै पनि कुनै पनि प्रकारको सैन्य दुस्साहस गरेमा उसले अनियन्त्रित परिणाम भोग्नुपर्ने चेतावनी दिए ।

उनले चीन र नेपालसँगको विवाद तथा विभिन्न क्षेत्रमा भएको असफलताको दोष भारतले पाकिस्तानलाई लगाउन थालेको आरोप लगाए । उनले भने, ‘चीन र नेपालसँगको सीमा मुद्दा, कोरोना भाइरसको अव्यवस्था र घट्दो आर्थिक अवस्थालगायतका कयौँ मोर्चामा आफ्नो असफलता लुकाउनका लागि भारतले यस्तो गर्छ ।’

पाकिस्तानविरुद्ध कुनै पनि कदम चालेमा पाकिस्तानले सबै शक्तिको प्रयोग गरेर जवाफ दिने उनले प्रवक्ता इफ्तिकारले चेतावनी दिए । ‘यसमा कुनै शंका छैन, हामी सबै हिसाबले तयारी छौँ । हामी तयार छौँ र पुरै क्षमतामा जवाफ दिनेछौँ ’, उनले भने । इफ्तिकारले कास्मिरमा भारतले मानव अधिकारको गम्भीर उलंघन गरेको समेत आरोप लगाए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ३ : ०० बजे

माछापुच्छ्रे बैंकले गर्यो लाभांश घोषणा

काठमाडौ । माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी