९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

आजको मौसम : प्रदेश १ र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ का थोरै स्थानहरूमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ६ : ४९ बजे

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

टी-२० वरियतामा नेपालको सधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद्

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न