१० असार २०८३, बुधबार | June 24, 2026

उम्मेदवारको आर्थिक र सामाजिक हैसियत खुलाउन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको आर्थिक, सामाजिक र राजनीतिक तथा कानुनी विगत र वर्तमान अवस्थाको प्रस्ट विवरण पेस गरेर मात्रै उम्मेदवार बन्न पाउनुपर्ने माग गर्दैै सर्वोच्चमा रिट दायर भएको छ ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले उम्मेदवार बन्दा आर्थिक अवस्था र सामाजिक अवस्था प्रस्ट खुल्नेगरी निर्वाचन आयोगले कार्य गर्नुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका छन् । निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर रिटमा उम्मेदवारको प्रस्ट विवरण माग्नुपर्ने त्यस्तो विवरण गलत वा झुट्टो भएमा उम्मेदवार एवं निर्वाचित पद समाप्त हुनेगरी कानुनी संरचना तयार गर्न आवश्यक पर्ने कार्य गर्नु भनी परमादेशको माग गरेका छन् ।

त्यस्तै, राजनीतिमा भएको अपराध र अपराधको राजनीतीकरण रोक्न व्यापक अध्ययन अनुसन्धान गरी कानुनी संरचना गर्न आवश्यक पर्ने कार्य गर्नुपर्ने रिट निवेदनमा माग गरेका छन् । ४ मंसिरको निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दल र उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गर्नु र मतदाताको जानकारीका लागि प्रत्येक उम्मेदवारलाई शैक्षिक योग्यता, फौजदारी कसुरमा मुद्दा चलेको वा सजाय पाएको अवस्था हेर्नुपर्ने रिटमा उल्लेख छ । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ७ : १९ बजे

महाधिवेशन नसकी काठमाडौं फर्किए बालेन शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा

आज पनि सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ

कोलम्बियाको लगातार दोस्रो जित, डीआर कंगोलाई हराउँदै नकआउट चरणमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

नारायणगढ । भरतपुर अस्पतालको सिटी स्क्यान मेसिनमा समस्या आउँदा सेवा

रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो