२७ श्रावण २०८३, बुधबार | August 12, 2026

बजारका सार्वजनिक शौचालय प्रयोगविहीन



दोधारा । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन् । भीमदत्त नगरपालिकाले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सार्वजनिक शौचालय प्रयोगमा आउन नसकेको हो । बजार क्षेत्रमा रहेका पाँच वटा शौचालयमध्ये एउटा शौचालय मात्रै सञ्चालनमा छ । अन्य प्रयोगविहीन छन् ।

बजारमा सार्वजनिक शौचालय नहुँदा सरसमान किन्न तथा विभिन्न काम विशेषले बजार क्षेत्रमा आउने मानिसहरुले निकै कष्ट भोग्नुपरेको छ । सार्वजनिक शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले बेवास्ता गर्दा बजारका सार्वजनिक शौचालय केही व्यवसायीहरुले निजी प्रयोगमा ल्याएको गुनासो स्थानीयवासीले गरेका छन् ।

शौचालय व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भए पनि नगरपालिकाले बेवास्ता गर्दै आएको स्थानीयवासी एकेन्द्र भट्टले बताए । “बजारमा रहेका सार्वजनिक शौचालय प्रयोगविहीन छन्, केही यहाँका व्यवसायीले प्रयोग गरेका छन्”, उनले भने, “काम विशेषले बजार आएका मान्छे समस्यामा पर्ने गरेका छन् ।” महेन्द्रनगरस्थित खुलामञ्चमा हरेक दिन देउडा खेल हुने गरेको छ । देउडा खेल्न महेन्द्रनगर आउने मान्छे सार्वजनिक शौचालय नहुँदा समस्यामा पर्ने गरेको उनले बताए ।

यहाँका सरसफाइ अभियन्ता हेल्प नेपालका अध्यक्ष मदन चन्दले बजारमा सार्वजनिक शौचालय हुँदाहुँदै पनि नगरपालिकाले व्यवस्थितरूपमा सञ्चालन गर्न नसकेको बताए । “बजारमा रहेका केही शौचालय व्यक्तिले कब्जा गरेका छन्, केही बन्द छन्”, उनले भने, “यी शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले पहल गर्नुपर्छ ।”

नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले शौचालय सञ्चालनका लागि कर्मचारी व्यवस्थापन गर्न नसक्दा बन्द भएको बताए । “शौचालय सञ्चालनका लागि नगरपालिकाले कर्मचारी राख्नुपर्छ, एक जनाले हुँदैन, दुई जना चाहिन्छ, त्यसले नगरपालिकालाई आर्थिक भार थपिन्छ”, उनले भने, “नगरपालिकाले ठेक्का र भाडामा दिन खोजेको हो कसैले लिएन ।” केही शौचालय स्थनीयवासी व्यवसायिले प्रयोग गरेको उनले बताए ।

“नगरपालिकाले व्यवस्थापन गर्न नसक्दा व्यवसायीहरुले नै सञ्चालन गरेका छन्, शौचालयको मर्मतसम्भार पनि व्यवसायीहरुले नै गरेका छन् ”, उनले भने, “शौचालय सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले पहल गरिराखेको छ ।” बजार क्षेत्रमा शौचालय नहुँदा खुलारूपमा दिसापिसाब गर्नुपर्ने अवस्था आउँदा सहरबजारको वातावरण दुर्गन्धित हुँदै गएको यहाँका स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ७ : ०१ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र