१६ श्रावण २०८३, शनिबार | August 1, 2026

जुम्लामा तेस्रो स्याउ महोत्सव : स्याउको बजारीकरण र ढुवानीमा राज्यले सहुलियत दिनु पर्नेमा जोड



जुम्ला । जुम्लामा यस पटक तेस्रो स्याउ महोत्सव सकिएको छ । स्याउको प्रसार प्रचार र बजारीकरण लागी महोत्सवको आयोजना गरिएको हो ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्द्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्ने बताए ।

उनले हाम्रा हरेक मेला चाडपर्वको विकास हाम्रो उत्पादन श्रमसँग आवश्यक रहेको बताए । स्याउ महोत्सवमा प्रमुख अतिथिसमेत रहेका थकालीले हरेक वर्ष महोत्सव गर्दै गए कालान्तरमा यो पर्वका रूपमा विकास हुने बताए ।

२०६३ सालमा जुम्ला सुर्खेत ट्र्याक रोड खुलेपछि मात्र यहाँका किसानले स्याउ र ओखर लगाउन तीव्रता दिएका थिए । मुस्ताङको सबै ठाउँमा स्याउ फल्दैन । तर जुम्लामा त्यस्तो कुनै ठाउँ छैन जहाँ स्याउ नफलोस् । त्यसैले स्याउ उत्पादन हुने क्षेत्र हरेक वर्ष बढिरहेको छ । सुरुका दिनमा बजार वरिपरिमा सीमित उत्पादन हाल जिल्लाको सबै वडासम्म विस्तार भएको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले स्याउ जुम्लाको पहिचान भएको बताए । यहाँको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको स्याउमा राज्यले ठूलो लगानी गरेको छ । स्याउ सुपर जोन कार्यक्रम सञ्चालन पनि गरेको छ ।

‘अहिले स्याउ उत्पादनमा अनुदानका कार्यक्रम सञ्चालन त गरेको छ । ढुवानीमा पनि अनुदान दिनु पर्ने आवश्यकता छ,’ केसीले भने ।

काञ्जिरोवा टाइम्स पत्रिकाको आयोजनामा सञ्चालन गरिएको स्याउ महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको पनि कला र सङ्गीत प्रस्तुत गरिएको थियो । जुम्ली स्याउको बजारीकरण, किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न गरिएको कान्जिरोवा टाइम्सका निर्देशक महेन्द्र कार्कीले बताए ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ६ : २९ बजे

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा