१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

मानव तस्करले गर्दा रुसमा नेपाली नागरिक अलपत्र, दूतावास भन्छ- बुझेर मात्र आउनुहोला



काठमाडौ । मानव तस्करले विभिन्न प्रलोभन देखाई नेपाली नागरिकलाई रुस लगि अलपत्र पार्नेक्रम बढेपछि त्यहाँस्थित नेपाली दूतावासले ‘बुझेर मात्र’ रुस आउन अनुरोध गरेको छ ।

‘भाषिक ज्ञानको अभावमा तथा यहाँको वस्तुस्थिति नबुझि विभिन्न प्रलोभनमा परेर आउनुभएका विद्यार्थीहरु अनेकन समस्यामा पर्ने गर्नुभएको छ,’ मस्कोस्थित नेपाली दूतावासले एक सूचना प्रकाशित गरी भनेको छ, ‘अतः विद्यार्थी भीसामा रूस आउँदा नितान्त अध्ययन बाहेक अन्य कुनै प्रकारको आश्वासन–प्रलोभनमा नपर्नुहुन सम्बन्धित सबै नेपाली विद्यार्थी तथा अभिभावकहरुलाई हार्दिक अपिल गर्दछौँ ।’

रूसी महासंघस्थित विभिन्न विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न आउने नेपाली विद्यार्थीहरूको संख्या पछिल्लो केहि महिना देखि बढिरहेको जानकारी विभिन्न माध्यमबाट प्राप्त भएको दूतावासले जनाएको छ ।

नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरू मार्फत विद्यार्थी भीसामा रुस आउने नेपालीहरूको सख्ंया बढेको दूतावासले बताएको छ ।

उनीहरुलाई ‘रुसमा आकर्षक रोजगारीको अवसर रहेको’, ‘रुसबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको’ लगायतका विभिन्न प्रलोभनमा पारेर तस्करहरुले मोटो रकम असुल्ने गरेको समेत दूतावासले जनाएको छ ।

‘तर यहाँ परामर्श केन्द्रहरूले कबुल गरे बमोजिमको अवसर नरहेको एवं भाषागत समस्याका कारण यहाँको दैनिकी समेत कष्टकर रहेकोले नेपाल फर्किन सहजीकरण गर्न अनुरोध गर्दै दूतावासमा सम्पर्क गर्ने गरेका छन्,’ मस्कोस्थित नेपाली दूतावासले भनेको छ ।

तिनै मध्येका केही विद्यार्थी परिवारबाट सम्पर्क बिहिन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी खोजी गरिदिन घर परिवारले समेत अनुरोध गरेको दूतावासले बताएको छ ।

रुसमा आएका नेपालीलाई कुनै समस्या परे दूतावासका द्वितीय सचिव सुशील घिमिरेलाई मोबाइल नम्बर ७९६८०७०२८१५ मा र सहचारी राज कुमार बस्नेतको मोबाइल नम्बर ७९६८४६०२२२५ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ११ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले