९ असार २०८३, मंगलबार | June 23, 2026

महाअभियोग सिफारिस समितिलाई फुलकोर्टको जवाफ – बयानका लागि न्यायाधीश आउन मिल्दैन



काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशरुले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको फूल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो ।

महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका छन् ।

महाभियोगसम्बन्धी कारबाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत् उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही व्यहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने निर्णय बैठकले गरेको हो ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ८ : १५ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका