९ असार २०८३, मंगलबार | June 23, 2026

चोलेन्द्रलाई कुनै पार्टीले बोक्नु गलत : पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ



काठमाडौं । पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन् ।

प्रतिनिधिसभाको महाअभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधिवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताएका हुन् ।

‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा इतिहास हो । गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन । संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाअभियोगको यो कदमबाट पछि हट्नु हुँदैन । यो संविधान जोगाउने कसरत हो । अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ भन्नेबारे थाहा हुन्छ’, उनले भने ।

३५ बुँदे अभियोगमा दुईरचार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाएका छन् ।

कतिपय मुद्दामा कागज भएको र कतिमा चेक लिएको उनको आरोप छ । उनको कारण वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

‘अदालत रहे न बार रहन्छ । बारले चासो राख्ने नै अदालत हो । अदालतमा जग्गा दलाल जस्तै दलालहरू हाबी भए । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई घुस खान पनि बिचौलिया सिर्जना गरियो’, उनले भने ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ८ : २६ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका