१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

कञ्चनपुरको वनहरा शिविर डुबानमा परेपछि उद्धार



महेन्द्रनगर । शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व-पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका-११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० लाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थानमा सारेको छ ।

“पैतीस जतिलाई पारि जङ्गलको उच्च भागमा सारेका छौँ भने १५ जनालाई वारितर्फको सुरक्षित भागमा ल्याएका छौँ ।” डुबानस्थलबाट सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले भन्नुभयो, “वनहराको बाढी बस्ती छेउको खोल्सोमा आउँदा पूरै बस्ती डुबानमा छ ।”

स्थानीयवासीले जानकारी दिएपछि उद्धारका लागि झलारीस्थित इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली एकाबिहानैदेखि खटिएको उनले बताए ।

वडानं १२ को वैवाह भन्ने ठाउँमा पनि नदीको कटानले बस्ती डुबानको खतरामा रहेको खबर आएपछि इलाका प्रहरी र सशस्त्र प्रहरी बलको टोली त्यसतिर प्रस्थान गरेको छ । त्यहाँ पनि डुबानको जोखिम रहेकाले सशस्त्र प्रहरी र प्रहरीको टोली त्यसतर्फ गएको र विस्तृत जानकारी आउन बाँकी रहेको सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने । यता आज बिहानैदेखि डडेल्धुरास्थित महाकाली नदी पारीगाउँ केन्द्रमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । जल तथा मौसम विज्ञान विभागले बिहान १० बजेसम्म तल्लो तटीय क्षेत्रमा डुबान हुनसक्ने भन्दै सचेत हुन सूचना जारी गरेको हो ।

त्यसैगरी कृष्णपुर नगरपालिका-२ बङ्कस्थित खुला बस्ती पूरै डुबानमा रहेको त्यहाँकावडाध्यक्ष अर्जुन साउँदले जानकारी दिए । “दुई सय परिवार रहेको बस्तीमा पानी पसेको छ”, उनले भने, “पीडितलाई उद्धार गरी जनउत्थान आधारभूत विद्यालयमा राखिएको छ ।” वनहरा नदीको बहाव बढेपछि बस्तीमा पानी पसेकोकाले आफूसहित स्थानीयवासी राति उद्धारमा खटिएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ५० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले