१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

यूएईबाट उद्दार गरिएका १६८ जनालाई होल्डिङ सेन्टर पुर्याइयो



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)बाट एक जना शिशुसहित १ सय ६८ जना नेपाली काठमाडौं आइपुगेका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरीएपछि युएई मै रोकिएका उनीहरुलाई एयर अरेबियाको जहाजबाट नेपाल ल्याइएको हो । उनीहरु शुक्रबार साँझ ५ः३० बजे काठमाडौं आइपुगेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

‘युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले बताउनुभयो । उक्त जहाजमा एक नेपालीको शव पनि ल्याइएको छ ।

नेपाल आइपुगेकाहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा आवद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरु रहेका छन् ।

१ सय ६८ जनामध्ये ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना रहेका छन् । बाँकी अन्य कम्पनीमा काम गर्ने नेपालीहरु हुन् । उनीहरुलाई नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा राखिएको छ ।

विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि समान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ ।

शुक्रबार विहान म्यानमारमा रोकिएर रहेका २६ जना नेपालीलाई म्यानमार एयरर्फोर्सको विमान मार्फत काडमाडौं ल्याइएको थियो । म्यानमारबाट आएकाहरुलाई बसुन्धारस्थित यती पार्टी प्यालेसमा बनाइएको होल्डिङ सेन्टरमा राखिएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  ८ : २५ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व