२९ भदौ २०८३, सोमबार | September 14, 2026

नवौ राष्ट्रिय खेलकुद २०७९ : ब्याडमिन्टन छनौट, पाल्पाका गणेश र बाँकेकी सुश्मा प्रथम



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत सोमबार ब्याडमिन्टन छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

सिद्धार्थनगरस्थित भैरहवा ब्याडमिन्टन कबर्ड हलमा भएको प्रतियोगितामा पुरुष सिंगल तर्फ पाल्पाका गणेश रायमाझी प्रथम भएका छन । यसैगरि कपिलबस्तुका राज वर्मा दोस्रो तथा बाकेका ईरफान अन्सारी र गुल्मीका मनोज फौदार (गुल्मी ) तेस्रो भए । रुपन्देहीका बिश्वास नेपाल चौथो, बाकेका रियाज अन्सारी पाचौ तथा बाकेकै सहरोज अन्सारी छैटौ स्थान हासिल गरेका छन ।

यता महिला सिंगल तर्फ भने बाकेकी सुष्मा श्रेष्ठ प्रथम भईन । रुपन्देहीकी पुजा बिष्ट (दोस्रो तथा पाल्पाकी दिया शाक्य र शुष्मा बुढा तेस्रो भईन । खेलमा कपिलबस्तुकी सुन्दरी थारु चौथो भईन ।

कार्यक्रमको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिब जयप्रकाश भट्टराइले विजेता खेलाडीलाई पुरस्कार, प्रमाणपत्र बितरण गर्दै खेलकुद क्षेत्रलाई प्रदेश सरकारबाट आवश्यक सहयोगको आश्वासन पाएको भन्दै यसमा सबैको साथ सहयोग जरुरी रहेको बताए ।

खेलमा १२ जिल्लाका ४७ जना पुरुष तथा २८ महिला खेलाडीहरुले भाग लिएको नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य तथा छनौट समितिका जीवनसिह कुवरले बताए ।

ब्याडमिन्टन रेफ्रि प्रमोद पहारीले रुपन्देही ब्याडमिन्टन खेल र खेलाडी उत्पादनमा उर्वरभुमिका रुपमा विकास भैरहेको बताए । पुर्वाधार विकाससंग नियमित अभ्यासका कारण युवा खेलाडीहरुको संख्या बढेको उनले बताए ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ३८ बजे

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा