२ पुस २०८२, बुधबार | December 18, 2025

बाँकेमा खर्च विवरण बुझाएको १ महिनापछि दर्ता, समयमा विवरण बुझाउँदा पनि कारवाही गरिएको जनप्रतिनिधिको गुनासो



खजुरा । समयमा खर्च विवरण नबुझाएका कारण कारवाही स्वरुप जरिवानामा परेका स्थानीयतहका प्रमुखहरुले निर्वाचन कार्यालयका कर्मचारीको कमजोरीका कारण आफुहरुलाई जरिवानामा पारिएको गुनासो गरेका छन् । उनीहरुले समयसीमा भित्रै बुझाईएका खर्च विवरणका फायल महिनादिन सम्म निर्वाचन कार्यालयमा पेन्डिङ राखेर म्याद सकिएपछिमात्र दर्ता गरिएपछि आफुहरु कारवाहीमा परेको बताएका छन् ।

बाँकेको खजुरा गाँउपालिका अध्यक्ष डम्बर बिकले निर्वाचन सकिए लगत्तै जेठ १२ गते जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरणको फायल बुझाए पनि कार्यालयले असार १४ गते मात्र दर्ता गरेर आफुलाई जरिवानामा पारिएको गुनासो गरे । ‘जेठ १२ गते फायल बुझाउन जाँदा देखाईएका खर्चहरुको बिल भरपाई मागियो, फायल छाडेर जान भनियो, पछि बिना बिल भर्पाई सोही फायद म्याद गुज्रेपछि असार १४ गते दर्ता गरियो ।’ उनले भने- ‘शुरुमा दर्ता नगर्ने तर पछि त्यही फायल दर्ता हुने, आयोगको कस्तो निती हो ? बुझिएन ।’

आयोगले तोकेकै ढाँचामा खर्च विवरण भरेर दिँदा समेत फायल बुझेर दर्ता नगरि राख्ने र म्याद सकिएपछि दर्ता गरेर आफुहरुलाई फँसाईएको बिकले बताए । समयभित्र बुझाएको फायल पेन्डिङमा राखेर म्याद सकिएपछि दर्ता गरिनु गलत भएको बिकले बताए ।

उता जिल्ला निर्वाचन कार्यालय बाँकेले भने बिल भर्पाई लिएर आउँछौं भनेर निस्केका जनप्रतिनिधिहरु सम्पर्कमा नै नआएपछि म्याद सकिएपछि जस्ताको तस्तै दर्ता गरेर आयोगको केन्द्रमा पठाईदिएको जनाएको छ । कार्यालय प्रमुख रमा पंतले बिल भर्पाई लिएर आउन भनिएपनि अधिकाँस जनप्रतिनिधिहरु सम्पर्कमै नआएको बताइन् । रिट नपुगि कार्यालयमा छाडिएका फायलहरुलाई मान्यता दिन नमिल्ने भएका कारण दर्ता नभएको उनले बताइन् । समय सकिएपछि भने आएका जति फायललाई स्क्यान गरेर काठमाडौं पठाईएको पनि उनले बताइन् ।

एक महिना अघि आएको फायल दर्ता गर्न नमिल्ने भनेर फर्काउने र एक महिना पछि (म्याद सकिएपछि) दर्ता गर्न मिल्ने कसरी हुन सक्छ ? खजुराका अध्यक्ष बिकले प्रश्न गरे ।

बाँकेका २२६१ जना स्थानीयतह निर्वाचनमा चुनाव लडेकोमा १०४ जनाले मात्र समय भित्र खर्च विवरण बुझाएको पंतले बताइन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १ : ३४ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल