७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नवौं राष्ट्रिय खेलकुद छनौट खेल लुम्बिनी : टेबलटेनिस र फुल कन्ट्याक्ट करातेमा रुपन्देही, एथ्लेटिक्समा दाङ विजेता



बुटवल । नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत फुट कन्ट्याक्ट करातेमा रुपन्देही च्याम्पियन भएको छ । तुलसीपुर कभर्डहलमा शुक्रबार भएको खेलमा ८ स्वर्ण, २ रजत र २ कास्य पदक गरि कुल १२ पदक जित्दै रुपन्देही जिल्ला प्रथम भएको हो । खेलमा अर्घाखार्ची जिल्ला २ स्वर्ण, ६ रजत र ३ कास्य गरि ११ पदक जित्दै दोस्रो स्थान तथा बाके जिल्ला २ स्वर्ण, ३ रजत र ५ कास्य गरि १० पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ । खेलमा दाङ जिल्ला १ रजत र २ कास्य जित्दै चौथो स्थान हासिल गरेको छ ।

यसैगरि दाङको तुल्सीपुरस्थित ओमशान्ति खेलमैदानको टेबलटेनिस कबर्ड हलमा शुक्रबार भएको खेलमा १ स्वर्ण, १ रजत, ४ कास्य, २ सान्त्वना जित्दै रुपन्देही च्याम्पियन भएको हो । यसैगरि सो खेलमा १ स्वर्ण, १ रजत र २ कास्य जित्दै दाङ जिल्ला दोस्रो तथा केवल १ कास्य पदक जित्दै नवलपरासी तेस्रो स्थान हासिल गर्यो । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरुषतर्फ रुपन्देहीका अनिल भण्डारी, तिलक अधिकारी, विष्णु सुनार, हेमन्त केसी तथा दाङका रोशन चौलागाई छनौट भएका छन । बैकल्पिक खेलाडीका रुपमा नवलपरासीका सौरभ खाँण परेका छन ।

यसैगरि महिलातर्फ दाङकी रोश्नी अधिकारी, अमृता थापा, पवित्रा खनाल तथा रुपन्देहीबाट गिता अर्याल र स्वीकृति श्रेष्ठ छनौट भएको खेलका प्राविधिक संयोजक महेश खनालले बताए । अस्मिता बुढा बैकल्पिकमा परेकी छिन ।

एक समारोहका बीच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छन ।

दाङको बेलझुन्डी रंगशालामा भएको एथ्लेटिक्स खेलमा १५ स्वर्ण, ५ रजत र ३ कास्यसहित २३ पदक जित्दै दाङ जिल्ला प्रथम भएको छ । खेलमा बर्दिया जिल्ला ६ स्वर्ण, ३ रजत र ९ कास्य जित्दै दोस्रो स्थान तथा कपिलबस्तु जिल्ला ४ स्वर्ण, ३ रजत र ३ कास्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । एथ्लेटिक्सको महिला लङ्गजम्पतर्फ दाङ्ग जिल्लाकी निशा चौधरीले यसअघि बनाएको आफनै रेकर्ड तोड्दै ५ मिटर ५० सेन्टिमिटर जम्प गरिन । विजयी खेलाडीहरुलाई प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव भट्टराई, खेल संयोजक अरुण लहरे, खेलकुद सयोजक पदमा चौधरीले पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : १५ बजे

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा