४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुकुम घटनाबारे मानवअधिकार–पत्रकार टोलीद्धारा स्थलगत अनुगमन शुरु



पश्चिम रुकुम । पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधिकार तथा पत्रकारहरुको टोलीले प्रारम्भिक जानकारी लिन शुरु गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुगमनमा निस्केको हो ।

शनिबार जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपि ठग बहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ ।

डिएसपि केसीले चौरजहारी घटनाको आरोपि २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । अझै दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराउनुभयो । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुसँग भेट गरि गहन अध्ययन र अनुगमन पश्चात नागरिक स्तरको प्रतिवेदन प्रस्तुत गरिने मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिनुभयो ।

टोलीले हिरासतमा रहेका आरोपिहरुलाई समेत भेटघाट गरेको उहले बताउनुभयो । उक्त टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता शिव गौडेल, पत्रकारहरु माधव नेपाल, विनोद परियार रहनुभएको छ ।

शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो ।

टोली घटनास्थल चौरजहारी वडा न. ८ र पिडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ४३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको