२२ माघ २०८२, बिहिबार | February 5, 2026

माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगितामा पाकिस्तानका हम्जा र मजहरले जिते स्वर्ण पदक



पोखरा । पोखरामा जारी तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिपमा पाकिस्तानी खेलाडी हम्जा उमर सइद र मजहर अब्बासले भारतीय प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण पदक जितेका छन् ।

यी उत्कृष्ट जितपछि पाकिस्तानको स्वर्ण पदक संख्या ६ पुगेको छ । पाकिस्तानकै हारुन खान र अरबाज खानले रजत पदक जितेका छन् ।

८७ प्लस वर्गको क्योरुगी प्रतियोगिताको फाइनलमा हम्जा सइदले भारतीय प्रतिद्वन्द्वी गौरव भट्टलाई पहिलो राउण्डमा ११–२ र दोस्रो राउण्डमा ११–४ को सोझो सेटमा पराजित गरेका हुन् ।

अर्कोतर्फ, मजहरले ८० श्रेणीको फाइनलमा भारतका ऋषबलाई रोमाञ्चक प्रतिस्पर्धापछि हराउँदै उपाधि जितेका थिए। मजहरले पहिलो राउण्डमा विपक्षीलाई ९-७ ले हराएका थिए, जसले पछि बलियो पुनरागमन गर्दै दोस्रो राउन्ड ८-३ ले स्वीप गरे।

तर, तेस्रो राउण्डमा मजहरले अग्रता बढाउँदै बलियो आक्रमण गर्दै भारतीय प्रतिद्वन्द्वीलाई ९–० ले पराजित गर्‍यो ।

त्यसैगरी ५८ केजी तौल समूहको फाइनलमा कोरियाका ताइ जुन पार्कले पाकिस्तानका हारुन खानलाई ९–१ र ११–३ ले हराए ।

६३ केजी तौल समूहको फाइनलमा भारतका शिवम सुदेश शेट्टीले पाकिस्तानका अरबाज खानलाई ६-५, ७-२ ले हराए।

महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा भारतकी सोनम रावलले पाकिस्तानकी नूर रहमानलाई ३–० र ४–० ले पराजित गरिन । नूर रहमानले कास्य पदक जितिन् ।

च्याम्पियनसिपको क्योरुगी प्रतियोगितामा पाकिस्तानी खेलाडीले तीन स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेका छन् ।

पुम्से प्रतियोगितामा राष्ट्रिय खेलाडीले तीन स्वर्ण, एक रजत र चार कास्य पदक जितेका छन् ।

च्याम्पियनसिपमा पाकिस्तानले समग्रमा ६ स्वर्ण, ३ रजत र ६ कास्य पदक जितेको छ ।

माउन्ट एभरेष्ट इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकोमा पाकिस्तानका पुम्से प्रशिक्षक कोरियाका मास्टर सियोङ ओ चोई र इरानका क्योरुगी प्रशिक्षक युसुफ करामीले पाकिस्तानी राष्ट्रिय खेलाडीको प्रशंसा गरेका छन् । उनीहरू यस वर्षको नोभेम्बरमा इस्लामाबादमा हुने कम्ब्याक्स एसियन च्याम्पियनसिपको तयारीमा छन्।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ३ : ४२ बजे

रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट रौतहटमा चार वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र गाडी चालक फरार

जनकपुरधाम । रौतहट-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार

काश्मिर समस्या समाधान बिना दक्षिण एसियामा दिगो शान्ति सम्भव छैन : पाकिस्तान

काठमाडौं । ‘काश्मिर एक्यवद्धता दिवस’को अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले एक

भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन,

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु

मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु मुस्ताङ । यहाँस्थित वारागुङ

‘खल्तीबाट उम्मेदवार छानिएको’ भन्दै रास्वपा प्रवास सल्लाहकार डा. कुँवरद्वारा पार्टी परित्याग

बुटवल । उम्मेदवारीका लागि प्राइमरी इलेक्सन शुल्क बुझाइसक्दा पनि सिधै