४ बैशाख २०८३, शुक्रबार | April 17, 2026

बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान



बुटवल । पछिल्लो समय पोथी जातको लामखुट्टेको टोकाइबाट संक्रमण हुने डेंगुसँगै रगतको कमी हुन नदिन विहिबार आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बुटवल-११ बुद्धनगरका अवस्थि बुद्धनगर खानेपानी निर्माण तथा उपभोक्ता समितिले ‘बुटवलमा रगतको अभाव भयो भन्न कसैलाई नपरोस’ भन्ने मूल उद्देश्यसहित रक्तदान गरेको हो ।

डेंगु संक्रमणका कारण विरामीको सङ्ख्या बढिरहेको र रगतको अभाव सृजना भएको अवस्थालाई मध्यनजर गर्दै आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष आशिष सुर्यवंशीले बताए । रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा ६४ यूनिट रगत संकलन भएको छ । वार्षिक रुपमा आफ्नो स्थापना दिवस पारी रक्तदान कार्यक्रम अयोजना गर्दै आएका संस्थाले विहिबार भने आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेपनि उपस्थिती उत्साहजनक भएको सुर्यवंशीले दाबी गरे । १२ सय बढी घर परिवार उपभोक्ता रहेको खानेपानी संस्थाले वार्षिक रुपमा हरेक वर्षको माघ ४ गते साधारणसभासहित रक्तदानका कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि सोही मितिमा ८ औं पटक रक्तदानको कार्यक्रम आयोजना गरिने कार्यसूचि रहेको संस्थाका सचिव अर्जुन कुमार जिसीले बताए ।

लामखुट्टेको टोकाईबाट डेंगु रोग संक्रमण हुने भएकाले घर वरीपरिका झाडी तथा पानी जम्ने ठाउँहरु सफा गर्ने, लामखुट्टेले प्रजनन् गराउने गरी कुनै पनि ठाउँमा पानी जम्न नदिने तथा वातावरण सफा राख्न जिसीले आग्रह गरे । यसैगरी उच्च ज्वरो आउने, टाउको दुख्ने लगायतका डेंगुसँग सम्बन्धित रक्षणहरु देखा परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गएर जँचाएर मात्रै औषधी प्रयोग गर्न उनको आग्रह छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहिबार  ४ : २४ बजे

‘सङ्घीय सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सङ्घीय सरकार

संसदको विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समिति र दुई

सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका

प्रदेश खेलकुद मन्त्री पाण्डेद्वारा क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जको निरीक्षण

नेपालगन्ज । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे

श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता