७ पुस २०८२, सोमबार | December 22, 2025

चौथो संस्करण सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिता : लुम्बिनी प्रदेशको उपाधि दाबेदारी



बुटवल । सुदुरपश्चिम राजधानी कप २०७९ राष्ट्रिय फुटबल प्रतियोगिताको चौथो संस्करणमा लुम्बिनी प्रदेश उपाधिको दाबेदारी पेश गरेको छ । विहिबार भएको सेमीफाईनल खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै लुम्बिनीले उपाधि दाबेदारी पेश गरेको हो ।

सुदुरपश्चिम प्रदेश खेलकुद विकास परिषदको मुख्य प्रवद्र्धन, राष्ट्रिय खेलकुद परिषद र नेपाल टेलिकमको सहप्रायोजन तथा पिएफए स्पोर्टस क्लब कैलालीको आयोजनामा धनगढी रंगशालामा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ४–३ गोलले पराजित गरेर कर्णाली प्रदेशसंग फाईनल भिडन्त पक्का गरेको छ । लुम्बिनीको जितमा निरज चौधरी नायक बने । उनले खेलमा पहिलो र अन्तिम निर्णायक गोल गरे ।

लुम्बिनीका फागु चौधरी र बिनोद केसीले थप गोल गरेका थिए । गण्डकी प्रदेशका राजकुमार कुवरले २ तथा विजय श्रेष्ठ १ ले गोल गरेका थिए । लुम्बिनीका निरज चौधरी म्यान अफ दी म्याचबाट पुरस्कृत भए । असोज १५ गतेसम्म फाईनले खेल हुने छ ।

प्रतियोगितामा आयोजक सुदुरपश्चिमको दुइ टिमसहित ७ प्रदेशको सहभागिता रहेको छ । विजेता टिमले नगद ५ लाखसहित कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३ लाख, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछ । खेलमा सर्वोत्कृष्ट खेलाडी नगद २० हजार रुपैया, विद्यागत उत्कृष्ट गोल रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १०–१० हजार रुपैयाबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  १० : ०९ बजे

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

माइतीघरमा ‘जेनजी’ प्रदर्शन, केही पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा

किशोर हत्यामा संलग्नलाई पहिचान गरी हदैसम्मको कारवाही गर्न बुटवल उद्योग बाणिज्य संघको माग

बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले संघका सदस्य रमा पौडेल र

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको