१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

प्रहरीलाई ४० थान ब्रेथलाइजर हस्तान्तरण



काठमाडौं । नेपाल प्रहरलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री प्रदान गरिइको छ । विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास र विश्व स्वास्थ्य संगठन नेपाल शाखाका प्रतिनिधि डा. एलिसनले नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

प्रहरी नायव महानिरीक्षक कुँवरले हस्तान्तरण भएका सामग्रीहरू सवारी साधनको बढी भीडभाड हुने स्थानमा रहेका ट्राफिक प्रहरी कार्यालयमा ब्रेथलाइजर वितरण गरिने उक्त अवसरमा जानकारी दिए ।

कार्यक्रममा महाशाखाका निर्देशक डा।चुमनलालले सवारी चालकहरूले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गरी सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि नेपाल प्रहरीलाई सहयोग हुने बताए ।

मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सवारी चालकलाई ध्यानमा राखी दुर्घटना न्यूनिकरण गर्न उक्त सामग्रीहरू हस्तान्तरण गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ४ : ११ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू