२१ बैशाख २०८३, सोमबार | May 5, 2026

खल्लो हुने भयो राउटेको यस पटकको दसैं, पाएनन् भत्ता



सुर्खेत । तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् ।

दशैका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण शाही बताउँछन् । पहिले समयमै भत्ता आउथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् । ‘पहिले समयमै भत्ता पाउँथ्यौँ, दशै पनि रमाइलो हुन्थ्यो,’शाहीले भने, ‘अहिले दशैमा भत्ता नपाएपछि अहिलेको दशैमा खुशि नभएर दुःखी छौँ हामी ।’

दैलेखको भगवतीमाई गाउँपालिका –१ बेस्तडा बाबियातडामा रहेका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशै मनाउन नसकिने कुरामा चिन्तित देखिन्छन् । ‘‘पछिल्लो सरकार आएदेखि आफुहरुले समयमै भत्ता पाएका छैनौँ । साउने संक्रातिमा पनि ढिलो गरि पायौँ अहिले दशैमा पनि पाएनौँ अब कसरी दशै मनाउने रु’ राउटे मुखिया शाहीले भने ।

समयमै भत्ता नपाएपछि राउटे बस्तीमा राउटेहरुलाई खाद्यान्न, नुन, तेललगायत दशैका लागि आवश्यक पर्ने सामग्रीको अभाव ५ । सधैजसो समयमै भत्ता पाएर खुशिसाथ दशै मनाउने राउटे समुदाय यो वर्ष अभावै अभावमा दशै मनाउने मुखिया शाहीले बताए ।

दशैँको मुखमा राउटेका ४० परिवारका १ सय ४४ जनाको भत्ता रोकिएको हो । तीन महिनादेखि भत्ता पाएका छैनन् । पाँच बर्षदेखि राउटेका लागि दैलेखको गुराँस गाउँपालिकाले भत्ता वितरण गर्दै आएको थियो । तर, असोजमा पाउनुपर्ने भत्ता राउटेले पाएका छैनन् । शुक्रवार साँझ मात्र वडा कार्यालयको खातामा पैसा आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको गुराँस गाउँपालिका ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताए । ‘वडाको खातामा रकम ढिलो गरी आयो,’उनले भने, ‘आजदेखि बैंक बन्द भएपछि भत्ता उपलब्ध गराउन नसकिएको हो ।’

यता जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल दशैको मुखमा राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पाउनुपर्ने बताउँछन् ।

राउटे समुदायले हर्षोल्लासका साथ दशै मनाउन पाउनुपर्छ,’उनले भने, ‘उनीहरुलाई भत्ता उपलब्ध गराउने पालिका र वडाले जताबाट भएपनि दशैमा भत्ता उपलब्ध गराउनुपर्छ ।’

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाईसराई गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिको हो । वडा कार्यालयले फिरन्ते राउटेको बस्ती जहाँ पुग्छ, त्यही पुगेर भत्ता वितरण गर्दै आएको छ ।

पछिल्लो समय राउटे समुदायको बसाईसराई छिटोछिटो भइरहेको छ । समुदायमा कसैको मृत्यु भए बस्ती सार्ने परम्परा छ । जनगणनाको तथ्यांकले राउटको जनसंख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा १ सय ८० जनसंख्या रहेकोमा २०६८ को जनगणना घटेर १ सय ६६ रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्यांक अनुसार १ सय ४९ रहेकोमा अहिले १ सय ४४ छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ३ : १६ बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,