२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित



काठमाडौं । सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा गठबन्धनको एक दल जनता समाजवादी पार्टी जसपा भने अनुपस्थित भएको छ ।

कांग्रेस र माओवादी केन्द्रले सिट बाँडफाँटमा अपमान गरेको आरोप लगाउँदै समानान्तर ढंगले एमालेसँग सघन सम्वाद गरिररहेको जसपा बैठकमा अनुपस्थित भएको हो ।

जसरी पनि सत्ता गठबन्धनमा पहिरो ल्याउने योजनामा रहेको एमालेले जसपालाई २२ सिट दिएर भएपनि सहमति गर्ने प्रयासको नजिक पुगेको बताइएको छ । यादवले गठबन्धनमा कम्तिमा २५ सिट पाउनुपर्ने दाबी गरिरहेका थिए ।

बालुवाटामा जारी बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको अन्तिम कसरत भैरहेको छ ।

पर्सि अर्थात असोज २३ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । यसअघि गठबन्धनमा सहमति जुटाएर दलहरुले आआफ्नो पार्टीभित्रबाट उम्मेदवारको छनौट गर्नुपर्ने बाध्यता रहेको छ ।

 

 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ११ : १२ बजे

विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको निधन

काठमाडौं । विशिष्ट साहित्यकार डा. राजेन्द्र विमलको ८१ वर्षको उमेरमा

‘पार्वती’को ‘मेरो दिदी’ सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

दोसल्लेका नौ घरपरिवार विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को