२९ पुस २०८२, मंगलबार | January 13, 2026

पहिरोले स्वास्थ्यचौकी जोखिममा



गलकोट । निरन्तरको वर्षाका कारण बागलुङ नगरपालिका-८ सिगानाको स्वास्थ्यचौकी जोखिममा परेको छ । स्वास्थ्यचौकीमुनि निरन्तररूपमा जमिन भासिने र पहिरो जाने भइरहेकामा निरन्तरको वर्षाका कारण पुनः पहिरो गएका कारण स्वास्थ्यचौकी उच्च जोखिममा परेको हो ।

निरन्तरको वर्षाले स्वास्थ्यचौकी भवनमुनि पहिरो गएका कारण स्वास्थ्यचौकीको भवनसमेत चर्किएको छ । चार वर्ष पहिला निर्माण भएको स्वास्थ्यचौकीको भवन पहिराको कारण उच्च जोखिममा पारेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिए ।

बागलुङ नगरपालिकाबाट लामाचौर हुँदै बौडैचौर जाने सडकको घुम्तीबाट दुई वर्षअघि पहिरो खसेको थियो । निरन्तरको वर्षाका कारण अहिले थप पहिरो गएर स्वास्थ्यचौकीसम्मकै भाग चर्किएको कारण स्वास्थ्यचौकी जोखिममा रहेको कार्कीको भनाइ छ ।

भिरालो जमिनमाथि स्वास्थ्यचौकी भवन निर्माण गरेका कारण अहिले उक्त स्वास्थ्यचौकी नै विस्थापित हुने अवस्थामा पुगेको छ । स्वास्थ्यचौकीको पहिराले बागलुङ बजारबाट सिगाना हुँदै लामीचौर जाने सडकसमेत पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

गत वर्ष पहिरो रोकथाका लागि केही पूर्वाधार निर्माण गरे पनि अहिले उक्त संरचनासहित पहिरो गएको वडाध्यक्ष कार्कीले बताए । कार्कीका अनुसार पहिरो मर्मतका लागि ठूलो रकम खर्च लाग्ने भएकाले बजेटका लागि नगरपालिकासँग पहल भइरहेको छ । “गत वर्ष पहिरो रोक्न केही काम गरेका थियौँ, अहिलेको पहिराले गत वर्षका काममा क्षति बनाएको छ, वडामा रु ५० लाखको बजेट छ तर त्यसलाई स्वास्थ्यचौकी संरक्षण अथवा अन्तै खर्च गर्ने भन्ने विषयमा छलफल भइरहेको छ”, उनले भने, “निरन्तरको वर्षापछि पहिराले स्वास्थ्यचौकीसम्मै क्षति पु¥याएको छ ।”

रु एक करोड ८२ लाखको लागतमा निर्माण गरिएको सो भवन वातावरणीय मूल्याङ्कनबिनैै निर्माण गर्दा समस्या भएको हो । स्वास्थ्यचौकीको झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा-चिरा पारेको स्वास्थ्यचौकीका प्रमुख शान्ता शर्माले बताए । पहिराले स्वास्थ्यचौकी मुनिका तीन घरसमेत जोखिममा पार्दै आएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ८ : २२ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत