२९ मंसिर २०८२, सोमबार | December 15, 2025

पोखरा पुग्यो नवौं राष्ट्रिय खेलकुदको ट्रफी



पोखरा । विभिन्न ६ प्रदेश र विभिन्न ३ वटा विभागीय समूहको मुख्यालयमा प्रदर्शनपछि नवौं राष्ट्रिय खेलकुदको ट्रफी प्रतियोगिता आयोजनास्थल गण्डकी प्रदेश पुगेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा पुगेको ट्रफीलाई मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले सार्वजनिक गरेका छन् ।

नवौं राष्ट्रिय खेलकुदका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले यसै संस्करणदेखि सुन र चाँदीजडित मूल्य १० लाख रुपैयाँ मुल्यपर्ने नयाँ ट्रफी ल्याएको जनाएको छ ।

सातै प्रदेशमा ‘ट्रफी टुर’ गराउने लक्ष्यसहित ६ वटा प्रदेश सहित विभागीय टिम सेना, सशस्त्र र नेपाल प्रहरीको मुख्यालयमा ट्रफी प्रदर्शन गरिएको थियो । गण्डकीमा भने प्रतियोगिता अवधिभर ट्रफी प्रदर्शनका लागि राखिनेछ ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले ट्रफी प्रदर्शनमात्रै नभएर गण्डकी प्रदेश त्यसको हकदारसमेत रहेको दाबी गरे ।उनले प्रदर्शन गरिउको ट्रफी गण्डकीमा नै राख्ने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेर गण्डकीमा राखिदिनु भयो भने यो हामी सबैका लागि सम्मान हुनेछ ।’ उनले भने ।

मुख्यमन्त्री पोखरेलले ट्रफी सार्वजनिक गरेसँगै पोखरा नगर परिक्रमा गरिएको थियो । पोखरा लेकसाइडस्थित तालबाराही चोकमा पोखरा महानगरका प्रमुख धनराज आचार्यले समापन गरेका थिए ।

ट्रफी सार्वजनिक कार्यक्रममा ‘ट्रफी टुर’ कार्यक्रम संयोजक एवं ओलम्पियन दीपक विष्ट, साग पदकधारी एवं कराँतेका प्रशिक्षक दीपक श्रेष्ठ, महिला भलिबलकी राष्ट्रिय टिम कप्तान अरुणा शाही र विश्व अल्ट्रा धाविका मिरा राई सहभागी थिए ।

२०४० सालमा दोस्रो राष्ट्रिय खेलकुदको आयोजना गरेको पोखरामा ४ दशकपछि दोस्रो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ ।

औपचारिक रुपमा असोज २८ गतेदेखि प्रतियोगिता सुरु हुने भए पनि पुरुष प्रतियोगिता एक महिना अगाडि नै काठमाडौंमा भइसकेको छ । आइतबारदेखि पोखरामा महिला क्रिकेट सुरु भएको छ । सोमबारबाट ह्यान्डबल र फेन्सिङ सुरु भएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  २ : ३२ बजे

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी