३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बाँके क्षेत्र नम्बर ३ का एमाले चुनावी कमाण्डर डा. बाबुराम



खजुरा । नेकपा एमाले बाँकेको क्षेत्र नम्बर ३ मा ७८ वर्षिय निवर्तमान प्रदेशसभा सदस्य डा. बाबुराम गौतमको कमाण्डमा निर्वाचन कमिटी बनाएको छ । एमालेको बाँके क्षेत्र नं ३ को क्षेत्रीय कमिटीको आज सम्पन्न बैठकले डा. गौतमलाई चुनावी कमाण्डर बनाएको हो ।

डा. गौतम संयोजक रहेको कमिटीमा नन्द बिश्वकर्मा र पदम धिताल सह– संयोजक र करिम खान सचिव रहने गरि ३८१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख सतिस निरौलाले जनाएका छन् । सह संयोजक बनाइएका पदम धितालले हिजो मात्र उम्मेदवारी चयन प्रति असन्तुष्टि जनाउँदै पार्टीबाट राजीनामा दिएका थिए । आजको बैठकमा उनी उपस्थित थिएनन् । प्रचार विभाग प्रमुख निरौलाले भने धितालकै सहमतिमा सह संयोजक राखिएको दाबी गरे । ‘उहाँको राजीनामा फिर्ता भै सक्यो, बिरामी भएर नआउनु भएको हो, सहमतिमा नै सह संयोजक बनाइएको हो ।’ उनले भने ।

निरौलाका अनुसार बैठकद्वारा जिल्ला प्रचार बिभाग प्रमुख सतिश निरौला संयोजक र सचिवालय सदस्य किशोर थापा सह– संयोजक रहने गरी प्रचार प्रसार उपसमिती, किरण ढकाल संयोजक रहेको घोषणा पत्र निर्माण समिती, दिपकराज अधिकारी संयोजक बिज्ञान कक्षपती र इन्द्रबहादुर थापा सह– संयोजक रहेको आर्थिक उपसमिति, तिलकवीर सुनार संयोजक रहेको युवा परिचालन समिति बिमल मल्ल संयोजक रहेको बिद्यार्थी परिचालन समिति समेत गठन गरिएको छ ।

बैठकले सम्पुर्ण पार्टी पङ्तिलाई एकढिक्का भएर निर्वाचनको अभियानमा जुट्न आव्हान गरेको छ, असोज २७ गते प्रदेशको बैठक र ३१ गतेसम्म क्षेत्र भरिका सबै वडा कमिटीहरु बैठक सम्पन्न गर्ने निर्णय बैठकद्वारा गरिएको पनि निरौलाले बताए ।

एमालेले बाँके ३ मा प्रतिनिधिसभामा जिल्ला अध्यक्ष किस्मत कुमार कक्षपति र बाँके ३ (क) मा रत्न खत्री र बाँके ३(ख) मा भिम ओलीलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : २१ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड