३ पुस २०८२, बिहिबार | December 18, 2025

आइसोलेसन र क्वारेन्टिन भरिएपछि, कोरोना संक्रमणको त्रास बढ्यो



महोत्तरी । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का संक्रमित हाल नेपालमा पनि दिनदिनै बढि रहेको छ । बढदो संख्या अनुसार आईसोलेशनको ब्यवस्था नहुँदा महोत्तरीमा समस्या बढेको छ ।

प्रदेश सरकारद्वारा स्थापना गरिएको जलेश्वर कोरोना अस्पतालमा ५० र नेपाली सेनाको प्रकौली स्थित रणभिम गणमा ६ आइसोलेसन कक्ष मात्र छन ।

जलेश्वर अस्पतालका आइसोलेसन कक्ष भरिभराउ भएका छन भने गणमा रहेको आइसोलेसन कक्षमा सर्व साधारणले प्रवेश नपाएको कोभिड-१९ महोत्तरीका प्रवक्ता गीरेन्द्र झाले जानकारी दिनुभयो । आइसोलेसनको क्षमता कम र संक्रमितको संख्या बढी हुँदा संक्रमितहरु क्वारेन्टिनमै बस्न बाध्य भएका छन ।

यसबाट कोरोनाको संक्रमण समुदायस्तरमा फैलने त्रास बढेकाले तुरुन्तै उचित व्यावस्था गर्नुपर्ने प्रवक्ता झाले बताउनुभयो । महोत्तरी जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । जसमा ९३ पुरुष र १ महिला रहेका छन । जिल्लामा ८७ वटा क्वारेन्टाईन छन भने हालसम्म ३३४६ पुरुष र ११६ महिला गरी कूल ३४६२ जनालाई राखिएको छ ।

त्यसैगरी ८९३ जना होम क्वारिन्टिनमा रहेका छन् । हालसम्म १२०० जनाको परीक्षण गरिए पनि जम्मा ४०० जनाको मात्रै रिपोर्ट आएको छ । संकलित स्वाव तत्काल परीक्षणकालागि नपठाउन प्रदेश सरकारले परिपत्र गर्दा अवस्था जटिल बनेको कोभिड-१९ महोत्तरीका प्रवक्ता गीरेन्द्र झाले बताउनुभयो । त्यस्तै भारतबाट नेपालीहरु आउने क्रम भने जारी नै छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ११ : ३१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका