२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

भैरहवाको बाल सुधारगृहबाट ५ जना किशोर भागे



भैरहवा । भैरहवास्थित बाल सुधार गृहबाट गएराति पाँच जना बालक फरार भएका छन् । विभिन्न घटनामा सम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु राती करिब ३ बजे फरार भएको बालसुधार गृहले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार भागेका मध्य नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एकरएक जना रहेको बाल सुधार गृहले जनाएको छ ।

सुधार गृह स्रोतका अनुसार गएराति भान्सा गृहमा पस्नेतर्फको झ्यालको डण्डी काटी उनीहरू भागेका थिए । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना बालकहरू बस्दै आएका छन् ।

करिब ५ वर्षअघि निर्माण भएको भैरहवास्थित उक्त बाल सुधार गृहको सुरक्षाको लागि प्रहरी नायब निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ ।

भागेकाहरूको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको प्रहरीले जनाएको छ । बाल सुधार गृह स्रोतका अनुसार भागेकाहरूमध्ये ३ जना जबरजस्ती करणी मुद्दा एक जना चोरी मुद्दा र एक जना लागुऔषध मुद्दामा प्रमाणित भई सुधारका लागि त्यहाँ राखिएका थिए ।

यसअघि बाल सुधार गृहमा रहेका बालकहरू सुधार गृहको क्षमताभन्दा धेरै भएपछि नेपालगन्ज, दाङ र नवलपुर स्थानान्तरण गर्न खोज्दा आक्रोशित भई तोडफोडमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेर साम्य पारेको थियो ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ५ : ३४ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज