१२ असार २०८३, शुक्रबार | June 27, 2026

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुनार माओवादीमा



खजुरा । सत्ता गठबन्धनले लुम्बिनी प्रदेशसभामा नेकपा एकीकृत समाजबादीलाई शुन्य सिट दिएपछि असन्तुष्ट रहेका एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादीकी बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले सुनारलाई पार्टी प्रवेश गराएका हुन् ।

बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार आकांक्षी सुनारले सत्ता गठबन्धनको सिट बाँडफाँडमा उक्त क्षेत्र कांग्रेसलाई परेपछि प्रदेशमै पनि चुनाव लड्ने जानकारी नेतृत्वलाई गराएका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीले माओवादी केन्द्रका प्रदेश उम्मेदवार आईपी खरेललाई असर परेको थियो ।

माओवादी केन्द्र भित्र आईपी खरेललाई दोहोराएर टिकट दिएको भन्दै असन्तुष्टी छरपस्त भएका बेला सुनार माओवादीमा प्रवेश गरेका हुन् ।

२०७० मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री पनि भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव राम्रो रहेको बताइन्छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ४३ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३