६ भदौ २०८३, शनिबार | August 23, 2026

राष्ट्रिय खेलकुद ऐतिहासिक रुपमा सफल : खेलकुद मन्त्री गहतराज



नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सफल भएको बताएका छन् । प्रतियोगिता समापन समारोहमा सहभागी हुन पोखरा जाने क्रममा बुधबार बिहान नेपालगन्जस्थित राँझा विमानस्थलमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिदैं मन्त्री अथकले प्रतियोगिताको सफल आयोजना आफैमा ऐतिहासीक उपलब्धि भएको बताए ।

मन्त्री गहतराजले कोभिडलगायतका विभिन्न कारणले रोकिएको देशकै सबैभन्दा ठूलो खेल प्रतियोगिता निर्धारित समयमा नै सञ्चालन गर्न सक्नु ठूलो सफलता भएको गरे । उनले प्रतियोगिता संचालनमा विभिन्न चुनौती आए पनि ती सबै चुनौतीलाई चिर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको उच्च मनोबल, अथक प्रयास र परिश्रमले गर्दा ऐतिहासिक रूपमा प्रतियोगिता सम्पन्न हुन गइरहेको बताए ।

प्रतियोगिताकै क्रममा प्याराग्लाइडिङका खेलाडीको दुःखद निधन भएको घटनाले खेल जगतलाई दुःखी बनाएको बताउँदै उनले सरकारले सो घटनाबारे अनुसन्धान गरिने बताए ।

उनले खेल क्षेत्रले देशलाई विश्वमा चिनाउने र पहिचान कायम गर्ने भएकोले खेलकुदका लागि बजेटमा वृद्धि गर्नु अपरिहार्य बनेको समेत बताए ।

पोखरामा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय प्रतियोगितामा पदक जित्ने र यस पटक जित्न नसकेका सबैलाई अग्रिम बधाई दिँदै मनत्री गहतराजले कम समयमा खेलकुदको समग्र विकासमा आफुले धेरै उल्लेख्य काम गरेको उल्लेख गरे ।

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ३ : ४७ बजे

प्रधानमन्त्री वालेन्द्र शाहले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर

कांग्रेसद्वारा ‘प्रदीप गिरि स्मृति फेलोसिप’ घोषणा

ललितपुर । नेपाली कांग्रेसले अनुसन्धान, पुस्तक लेखन, अनुवाद तथा दस्ताबेजीकरणका

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र