४ आश्विन २०८३, आइतबार | September 20, 2026

काठमाडौंको न्यूरोडमा प्रहरी र व्यवसायीबीच घम्साघम्सी



काठमाडौं । लकडाउन उल्लंघन गर्दै आफुखुशी व्यापार व्यवसाय सुरु गरेका न्यूरोडका व्यापारीहरुसँग प्रहरीको घम्साघम्सी भएको छ ।

व्यापारीहरुले आफुखुशी पसल खोलेको भन्दै प्ररहीले बिहानै पसल बन्द गराउन हिँडेपछि न्यूरोडमा घम्साघम्सी भएको हो । न्युरोड क्षेत्रमा अहिले व्यापक प्रहरी परिचालन गरिएको छ । पसलहरु खुल्न थालेको ५ दिन पछि प्रहरीले बन्द गराउन दबाब दिएपछि व्यापारीहरु प्रतिवादमा उत्रिएका थिए ।

सरकारले लकडाउन मात्र बढाएको, कुनै विकल्प नदिएको भन्दै व्यापारीहरुले केहिदिनअघि देखि पसल व्यवसाय सुरु गरेका थिए ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसँग भएको छलफलमा समेत व्यवसाय संचालनमा सहजता बनाउने सहमति भएको थियो ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले गृहमन्त्रालय र कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई समेत यसैअनुसारको सिफारिस गरेका थिए । तर, पसलहरु खुल्न थालेको ५ दिन पछि प्रहरी आएर एक्कासी बन्द गराउन दबाब दिएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  ९ : ५४ बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन