५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आइसोलेसन सेन्टरबाटै भागे कोरोना संक्रमित



नेपालगन्ज । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगन्जका एक संक्रमित व्यक्ति फरार भएका छन् ।

जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेशन सेन्टरमा बसेका नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षिय एक संक्रमित सोमबार राती फरार भएका हुन ।

४१ जना संक्रमित राखिएको उक्त क्वारेन्टाईनबाट सोमबार राती १ जना संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिनुभयो ।

गत जेष्ठ ९ गते क्वारेन्टाईनमा राखिएका ति युवाको कोरोना परिक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनलाई जानकी गाँउपालिका वडा नं. २ मा रहेको आईसुलेशन सेन्टरमा राखिएको थियो ।

संक्रमित व्यक्ती फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरि उनको तिब्र रुपमा खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी हिजो मात्र १० जनाको स्वाब लिइएको थियो । ऊनी १ महिना अघि भारतबाट नेपाल आएका थिए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : ०२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं