४ पुस २०८२, शुक्रबार | December 19, 2025

संविधान संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित



काठमाडौं । आज बसेको संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । मंगलबार कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले प्रस्तुत गर्नुभएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न कानुनमन्त्री तुम्बाहाम्फे मार्फत संबिधान संशोधन बिधेयक बिचार गरियोस भन्ने प्रस्ताव सभामा प्रस्तु गर्नुभएको थियो ।

विधेयकलाई समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रस्तावको विपक्षमा हुन्न भन्ने आवाज नसुनिएकाले सभामुख सापकोटाले उक्त प्रस्ताव सर्वसम्मत स्वीकृत भएको घोषणा गर्नुभएको थियो ।

बिधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव निर्णायार्थ पेस गर्नुअघि संसमा प्रतिनिधित्व गर्ने सबै दलले बिधेयको पक्षमा समर्थन जनाएका थिए । विधेयकमाथिको सैद्धान्तिक छलफल चार घण्टा चलेको थियो ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : ५१ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज