१ पुस २०८२, मंगलबार | December 17, 2025

बाँके-३ : घरदैलो संगै विकासको एजेण्डामा अन्तरक्रिया गर्दै कक्षपति र ओली



खजुरा । बाँके क्षेत्र नं. ३ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका किस्मतकुमार कक्षपति र ३ प्रदेश ख का उम्मेदवार भीमबहादुर ओलीले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारलाई तिब्र पारेका छन् । निरन्तर जनभेटघाटमा रहेका उनीहरुले घरदैलो संगै विकासका सम्भावना र त्यसलाई आवश्यक पर्ने पूर्वाधारकाम विषयमा अन्तरक्रिया पनि गर्र्ने गरेका छन् ।

विभिन्न टोलमा स्थानीयसंग अन्तरक्रिया र घरदैलो गर्दा उम्मेदवार द्वय कक्षपति र ओलीले स्थानीयका समस्या सुन्ने र आफुले ५ वर्षमा गर्न सक्ने कामका बारेमा प्रतिवद्धता व्यक्त गर्दै आएको एमाले प्रचार कार्यालय बाँकेले जनाएको छ । एमाले बाँकेका अनुसार घरदैलोकै क्रममा आज क्षेत्र नं. ३ अन्तरगत खजुरा गाउँपालिका वडा नं. ३ को क गाउँ, बि गाउँ र धौलागिरीमा अन्तरक्रिया गरेका छन् ।

स्थानीयसंगको भेटघाटमा प्रतिनिधिसभा उम्मेदवार कक्षपतिले आफुहरु काममा विश्वास गर्ने भन्दै काम गर्नैकै निम्ति जनप्रतिनिधि हुन लागेको बताए । उनले आफ्नो क्षेत्रमा पर्ने १४ वडाका जनतासंग भेटघाट र समस्याहरु ग्रहण गर्दै आइरहेको र प्राथमिकीकरण गर्दै आफु सफल भएपछि समाधान गर्दै जाने बताए । उनले जनताको शीर झुक्ने काम आफुले कदापी नगर्ने प्रतिवद्धता पनि जनाए ।

क्षेत्र नं. ३ प्रदेश ख का उम्मेदवार ओलीले क्षेत्र नं. ३ मा प्रतिनिधिसभा निर्वाचनमा पाहुना उम्मेदवार आएको भन्दै ती पाहुना मंसिर ४ सम्मका लागि मात्र भएको बताए । ही माटोमा लुडीबुडी गरेका संगै सुत्दा उठबस गर्दा कहिलेकाहीँ लात्तीले छोयो होला, तर मर्दाको मलामी जिउँदाको जन्ती हामी हो ।’ उनले भने ।

उम्मेदवार ओलीले आफ्नो प्रतिस्पर्धी २ पटक संघमा परीक्षण भइसकेको र अहिले अपहरण घटनामा आरोप लागेकाले उनी सफाई दिन अदालत जानु पर्ने हुँदा जनताको घरदैलोमा विकास र समस्या बुझ्न आफुहरु नै भएको दाबी गरे । आफुलाई जति घोटे पनि दाग ननिस्कने भन्दै उम्मेदवार ओलीले मनैदेखि समर्पण भएर लागेकोले जनताको साथ रहने पनि विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  १ : ५६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष