३२ असार २०८३, बिहिबार | July 16, 2026

गठबन्धनलाई जिताउन सके मात्र लोकतन्त्रको रक्षा हुनसक्छ : दीनानाथ शर्मा



नवलपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव दीनानाथ शर्माले गठबन्धनलाई जिताउन सकेमात्र लोकतन्त्रको रक्षा हुन सक्ने बताएका छन् ।

सत्ता गठबन्धनद्वारा नवलपुरको देबचुलीमा आज आयोजित नवलपुरको क्षेत्र नम्बर १ का अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमा बोल्दै शर्माले विशेष परिस्थितिमा आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा गर्ने उल्लेख गरे ।

शर्माले प्रचण्ड र गिरिजाप्रसाद कोईरालाकै पहलमा बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृत्तिका विरुद्धमा गठबन्धन बनेको धारणा राखे ।

उनले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन सबै एक भएर लाग्नु पर्ने आजको आवश्यकता भएको बताउदै गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सबै पार्टीका नेता कार्यकर्ताहरूलाई आग्रह गरे। अहिलेको गठबन्धन निर्वाचन जित्नको लागि बनाएको नभई राष्ट्र, लोकतन्त्र, गणतन्त्रको रक्षाको लागि भएको भन्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर मात्र लोकतन्त्रको रक्षा हुन सक्ने धारणा राखे ।

नेता शर्माले संविधान, लोकतन्त्र, गणतन्त्रलाई उल्ट्याउनेविरुद्ध आफूहरु गठबन्धन गरेर निर्वाचनमा गएको दाबी गर्दै मंसिर ४ को निर्वाचनमा कुन नेता वा दलले जित्ने हार्नेमात्र नभई देश, संविधान र लोकतन्त्रले जित्ने कि हार्ने भन्ने कुराको निर्धारण गर्नेछ’, उहानले भने, ‘यही कारण राजनीतिक सहमति गरी हामी गठबन्धन बनाएर अघि बढेका छौँ।’

संविधान र गणतन्त्र को रक्षा गर्ने उद्धेश्यकासाथ गठबन्धन बनाएको दाबी गर्दै उहाले गठबन्धनका बिरूद्द शंका नगर्न आग्रह समेत गरे ।

नेपाली काङ्ग्रेसका नेता मिनेन्द्र रिजालले संविधान लोकतन्त्रको रक्षा गर्न गठबन्धनको आवश्यकता भएको बताउदै संविधानको रक्षा गर्ने दायित्व गठबन्धन मा आएको बताउदै एक भएर निर्वाचमा होमिन कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ३८ बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव