२ पुस २०८२, बुधबार | December 17, 2025

उम्मेदवारलाई विकास निर्माणबारे ध्यानाकर्षण गराउँदै मतदाता



बुटवल । रुपन्देही-१ का प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार मतदाताको घरदैलोमा पुगेर राय सुझाव लिएका छन् । प्रतिनिधि सभाका उम्मेदवार छविलाल विश्वकर्मा र प्रदेश सभा (२) का उम्मेदवार दधिराम न्यौपाने बिहीबार रोहिणीको वडा नम्बर १ र २ तथा ओमसतियाको वडा नम्बर ४ का मतदाताको घरदैलोमा पुगेका हुन् ।

घरदैलोका क्रममा उम्मेदवारसँग मतदाताले बसन्तपुर-गणेशनगर सडक छिटो पूरा गर्न सके दक्षिणी क्षेत्रका जनतालाई पुर्व पश्चिम राजमार्ग पुग्न सहज र छिटो हुने भन्दै उम्मेदवारको ध्यानाकर्षण गराए । यस्तै मतदाताले सडक, पिउने पानी र सिँचाईको राम्रो व्यवस्था गर्न माग गरे ।

मतदाताले देशको हित, राष्ट्रियताको रक्षा र विकासका लागि फेरि पनि एमाले राप्रपा र जसपाको गठन्धनले जित्नुपर्ने भदै जितको शुभकामनासहित आशिर्वाद दिएका छन् ।

सो अवसरमा प्रतिनिधि सभा उम्मेदवार छविलाल विश्वकर्माले एमाले सरकारले तराई मधेशमा हुलाकी राजमार्ग र सदरमुकाम जोड्ने सडकका लागि ठूलो वजेट छुट्टाएकाले मधेशको विकास हुन थालेको बताए । प्रदेश सभा उम्मेदवार दधिराम न्यौपानेले एमाले सरकारले अघि बढाएका विकास निर्माणका अधुरा योजना पुरा गर्न फेरि एमालेले जित्नुपर्ने बताए ।

राप्रपाका सहमहामन्त्री ताहिर अली भाटले रुपन्देही १ मा एमाले राप्रपा जसपा गठबन्धन विपक्षी भन्दा ठूलो मतान्तरले अगाडि रहेकाले उत्साहित भएर जनतालाई मतदाता शिक्षा दिनुपर्ने सुझाव दिए । घरदैलोमा एमाले क्षेत्रीय संयोजक वेद गिरी,जिल्ला कमिटी सदस्य प्रदीप पाण्डे जसपाकी प्रदेश सभाका समानुपातिक उम्मेदवार मधु सिंह लगायत सहभागी थिए । मतदाताले न्यानो माया र आशिर्वाद दिएपछि एमाले उम्मेदवारहरु उत्साहित भएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ८ : १५ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन