१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कोरोना भाइरसको प्रतिरोध गर्न जिम र फिटनेश खुल्ला गर्नुपर्ने माग



काठमाडौं । कोरोना भाइरससंग प्रतिरोध गर्न नेपालमा बन्द रहेका फिटनेश र जिमखानाहरु संचालन गर्नु पर्ने सरोकारवालाहरुले माग गरेकाछन् ।

जिमखाना संचालकहरुले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउंदै मानव स्वास्थ्यलाई तन्दुरुस्त र स्वस्थ राख्न अति आवश्यक फिटनेश र जिमखाना बन्द गरिनु उपुयुक्त नभएको बताएकाछन् । उनीहरुले प्रशासनमा बुझाएको ज्ञापनपत्रमा कोरोना भाइरस बिरुद्धको कुनै खोप वा औषधी ननिस्केको अवस्थामा डब्लुएचओ र नेपालका विषेशज्ञहरुको सुझाव अनुसार मानव शरिरका प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको भन्दै त्यसका लागि जिम, फिटनेश सेण्टर खुल्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा बिज्ञहरुले पनि उचित खानपानका साथै दैनिक व्यायाममा जोड दिएको बताउंदै बन्द रहेको जिम तथा फिटनेस सेन्टर यथाशिघ्र छिटो खोल्नु जरुरी रहेको लेखिएको छ ।

संसारभरका विज्ञहरुले यो महामारी छिटै नसकिने भएकोले डब्लुएचओको निर्देशनअनुसार सम्पूर्ण मापदण्डहरु पूरा गरेर सावधानीपूर्वक जनजीवन सहजीकरण तर्फ लैजानु पर्छ भनि सुझाएको अवस्थामा लकडाउनको नाममा त्यस्ता स्थानहरु बन्द गर्न नहुने जिम संचालकहरुको माग छ् ।

काठमाडौं जिल्लामा हाल करिब २०० वटा जति जिमहरु रहेका छन् । जसमा अरब भन्दा बढी लगानी भएको भएको छ । हाल बन्दका कारणले जिम संचालकहरुले कर्मचारीहरुलाई तलब, घरभाडा, बैंक ब्याज, बिजुलीको महशुल र नेपाल सरकारलाई बुझाउनुपर्ने कर बुझाउन नसक्ने स्थितिमा पुगेको ज्ञापनपत्रमा उल्लेख छ ।

जिम संचालकहरुले जिम बन्दको असर हजारौं बिरामी नागरिकहरुमा समेत परेको दाबी गर्दै बन्दका कारण प्रेसर, सुगर, फिजियो थेरापी गर्नुपर्ने, नसा सम्बन्धि रोग, डिप्रेसनका बिरामीहरुलाई नकारात्मक असर परेको दाबी गरेकाछन् । उनीहरुले सरकारले तोकेको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरेर संचालन गर्न संचालकहरु तयार रहेको समेत ज्ञापनपत्रमा उल्लेख गरेकाछन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७७, बुधबार  १० : ०० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले